र्‍याम्पमा तेश्रोलिंगी सुन्दरीहरु

र्‍याम्पमा तेश्रोलिंगी सुन्दरीहरु

  • मंगलबार, असोज ३० २०६९

अम्विका दाहाल /(पहिचान ) काठमाडौं, असोज २९ – तेश्रोलिंगी, समलिंगीले कस्तो जीवनसाथीको कल्पना गर्लान् ? आइतबार काठमाडौंमा भएको तेश्रोलिंगी सौन्दर्य प्रतियोगिताका एक सहभागीलाई प्रश्न गरियो, ‘तपाई कस्तो जीवन साथीको परिकल्पना गर्नु हुन्छ ?’

सहभागीको उत्तर थियो, ‘हामीलाई समलिंगी विवाह गर्ने कानूनी छुट छैन । सर्वोच्च अदालतले समलिंगी तथा तेश्रोलिंगीलाई पहिचान खुल्नेगरि नागरिकता प्रदान गर्न दिएको आदेश पनि पालना भएको छैन । यो अधिकार स्थापित नगरि म जीवनसाथीका बारेमा सोच्न सक्दिन । पहिला म मेरो पहिचान स्थापित गराउन चाहन्छु ।

एचआइभी जोखिम न्यूनीकरण, सामाजिक तथा कानुनी अवरोध, आर्थिक विकासका उपाय, अधिकार प्राप्तीका लागि संचारमाध्यमको भूमिका लगायतका विषयमा सोधिएका प्रश्नको ब्युटी कन्टेस्टका प्रतियोगीले घतलाग्दो जवाफ दिए ।

पूर्णिमा श्रेष्ठले प्रतियोगिताको ताज पहिरिइन् । मिस पिंकको ताजसँगै उनले १५ हजार रुपैयाँ नगद पाइन् । उनी सन् २०१३ मा थाइल्याण्डमा हुने विश्व तेश्रोलिंगी सौन्र्दय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने छिन् । प्राचिन गुरुङ फ्रस्ट रनर अप र सलिना शेर्पा सेकेण्ड रनर अप भए । गुरुङले १० हजार रुपैयाँ र शेर्पाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading