गँड्यौले मल उत्पादनमा चासो

गँड्यौले मल उत्पादनमा चासो

  • आइतबार, कार्तिक १९ २०६९

पहिचान काठमाडौं, कार्तिक १९ हिउँदे तरकारीको सिजन सुरु भएपछि गँड्यौले मल उत्पादनमा चासो बढेको छ । गँड्यौला पालनबाट मल उत्पादन गर्न कठिनाई नभएकाले सानो परिमाणमा तरकारी खेती गर्ने हरुले गँड्यौले मल उत्पादनमा चासो देखाएका हुन् ।

काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा कौसी र करेसाबारीमा तरकारी खेती गर्नेहरुको संख्या बढ्दो छ । यो सँगै तरकारी खेतीका लागि आवश्यक पर्ने मल पनि तरकारी उत्पादक आफैले उत्पादन गर्न थालेको गँड्यौले मल उत्पादनको क्षेत्रमा काम गर्दै आएको ग्लोबल पीस एशोशिएसनले जनाएको छ ।
बजारमा पाईने तरकारीहरुमा विषादी प्रयोग हुने भएकाले स्वस्थकर तरकारीका लागि गँड्यौले मलको उत्पादनमा रुची देखिएको संस्थाको भनाई छ । भान्साबाट निस्कने फोहरको व्यवस्थापन पनि हुने र तरकारी उत्पादनका लागि मल पनि आफैले उत्पादन गर्न सकिने भएकाले काठमाडौंमा गँड्यौला पालन गर्नेको संख्या बढ्दै गएको एशोशिएसनका अध्यक्ष किशोर राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार दैनिक एक किलो फोहर निस्कने घरमा ५ सय वटा गँड्यौला आवश्यक पर्छ । यसबाट ४५ दिन देखि २ महिना भित्रमा मल तयार हुने गर्छ ।

रासायनीक मलको प्रयोगले भन्दा गँड्यौले मलको प्रयोगले तरकारीको उत्पादन बढी हुने राजभन्डारीले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading