एनआरटी सफल पोखरा कपको सेमिफाइनलमा

एनआरटी सफल पोखरा कपको सेमिफाइनलमा

  • आइतबार, कार्तिक १९ २०६९

पहिचान/ पोखरा, कार्तिक १९ – न्यूरोड टीम (एनआरटी) सफल पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भूटानको ड्रूकपोल फूटबल क्लबलाई एकका विरुद्ध दुइ गोलले पराजित गर्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटसम्म १- ० ले पछि परेको स्थिति उल्टाउँदै एनआरटीले दोस्रो हाफको इञ्जुरी समयको पहिलो र दोस्रो मिनेटमा गोल गर्दै खेल जित्यो । उसका लागि दुबै गोल अजय विकले गरे ।

३७ औं मिनेटमा पेनाल्टी पाए पनि एनआरटीले सदूपयोग गर्न सकेको थिएन ।

यसअघि भूटानका लागि जिग्मे ड्राक्पाले २२ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । तर भूटानले त्यसलाइ जोगाउन सकेन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.