विज्ञापन स्तन क्यान्सरको कि स्तनको ?

विज्ञापन स्तन क्यान्सरको कि स्तनको ?

  • आइतबार, कार्तिक १९ २०६९

कार्तिक १९ (एजेन्सी) – स्तन क्यान्सरको विज्ञापनको विषयलाई लिएर चिलीमा विवाद चर्केको छ । स्तन क्यान्सरका बिरामी बढ्दै गएपछि स्तन क्यान्सरका विषयमा चेतना जगाउने उद्देश्यले तयार पारिएको विज्ञापन विवादमा परेको हो ।

४५ सेकेण्डको टेलिभिजन विज्ञापनलाई आलोचकहरुले महिलालाई वस्तुका रुपमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् भने समर्थकले गलत बुझाइ भएको भनेर बचाउ गरेका छन् ।

विज्ञापनमा महिलाका स्तनलाई फोकस गरेर देखाउँदै यदि तपाइँ महिलाका स्तन मन पराउनुहुन्छ भने श्रीमती र केटी साथीलाई यसमा ध्यान दिन लगाउनु भनेर पुरुषलाई आह्वान गरिएको छ ।

विज्ञापनमा अफिस, स्वीमीङ पूल, सूत्ने कोठा र बाथरुममा महिलालाई देखाएर स्तन क्यान्सरमा ध्यान दिन पुरुषको ध्यानाकर्षण गराइएको छ ।

आलोचकहरुले यसलाई अश्लिल र भद्दा भन्दै स्तन क्यान्सर विरुद्ध अरु ढंगले पनि जागरुकता ल्याउन सकिने बताएका छन् । तर समर्थकहरुले भने महिलाहरु काममा अल्झिएर यसबारे ध्यान दिन नसक्ने भएकोले पुरुषले ध्यान दिनु राम्रो हुने तर्क गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading