२० लाख रुपैयाँको फूल बिक्री

२० लाख रुपैयाँको फूल बिक्री

  • आइतबार, कार्तिक १९ २०६९

पहिचान/ ललितपुर, कार्तिक १९ – ललितपुरको जावलाखेलमा भएको छैंठौं गोदावरी पुष्प व्यापार मेलामा २० लाख रुपैयाँको फूलको कारोबार भएको छ । सहआयोजक फ्लोरिकल्चर एशोसियसनका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको मेलामा आएका सबैजसो अवलोकनकर्ताले फूल खरिद गरेको बताए ।

नजिकिँदै गरेको तिहारका कारण घर सजाउनका लागि मेलामा फूलको व्यापार बढेको व्यापारीले बताएका छन् । ९० बर्षअघि चीनबाट नेपालको दरबार भित्रिएको गोदावरी फूलको व्यापार ७० बर्षअघिबाट सुरु भएको थियो ।

अहिले बार्षिक चार लाख बोट गोदावरी फुलको व्यापार हुन्छ । गोदावरी फुल प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।

२० हजार अवलोकनकर्ताले मेला अवलोकन गरेका आयोजकको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading