हिमालयन शेर्पा सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

हिमालयन शेर्पा सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ पोखरा, कार्तिक २० – हिमालयन शेर्पा क्लव सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीलाई सडन डेथमा हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० र अतिरिक्त समय एक एकको बराबरी र टाइब्रेकर ४–४ को बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथमा गरिएको हो ।

२५ औं मिनेटमा आत्मघाती गोल गरेर एक शून्यले पछि परेको हिमालयन शेर्पाले ४८ औं मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि शशिन्द्र धिमालले गोल गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.