अमेरिकी राष्ट्रपति चुनावको लागि प्रचार प्रसार अन्तिम चरणमा

अमेरिकी राष्ट्रपति चुनावको लागि प्रचार प्रसार अन्तिम चरणमा

  • सोमबार, कार्तिक २० २०६९

कार्तिक २० (एजेन्सी) – अमेरिकामा मंगलबार हुने राष्ट्रपति चुनावको लागि प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति बाराक ओबामा र उहाँका प्रद्विन्द्वी मिट रोमीनीले अन्तिम समयमा आफ्नो पक्कड रहेको क्षेत्रमा प्रचार प्रसार निरन्तरता दिईरहेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
दुबै उम्मेदवारले चुनावको प्रचार प्रसारका लागि ठूलो रकम खर्च गरेका छन् । चुनावको संघारमा तुफान आधी आएकाले राष्ट्रपति ओबामाले बढी भोट पाउन सक्ने विश्लेषण भएका छन् ।

यस्तै सामुद्रिक आँधी स्याण्डीबाट विस्थापित भएका हजारौं नागरिकलाई तत्काल बास र न्याना कपडाको ब्यवस्था गर्न अमेरिकाको न्युयोर्कका नेताहरुले राज्यसँग माग गरेका छन् ।

आधीका कारण अमेरिकामा कम्तिमा १ सय ६ जनाको ज्यान गएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading