ईज्जत जोगाउने नाममा तेजाब खन्याएर छोरीको हत्या

ईज्जत जोगाउने नाममा तेजाब खन्याएर छोरीको हत्या

  • सोमबार, कार्तिक २० २०६९

कार्तिक २० (एजेन्सी) – पाकिस्तान प्रशासित काश्मिरमा ईज्जत जोगाउने नाममा बाबुआमाले आफ्नै छोरीको तेजाब खन्याएर हत्या गरेका छन् । युवकलाई नहेर्न भनेर सम्झाउँदा पनि नमानेको र त्यसका कारण परिवारको इज्जत गएको भन्दै काश्मिरको कोटली जिल्लाका मोहम्मद जफरले तेजाब खन्याएर १५ वर्षीय छोरीलाइ मारेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

मोटर साइकलमा सवार युवकलाइ नहेर्न आग्रह गर्दा पनि छोरीले फर्केर दुइपटक हेरेकोले आफूले हत्या गरेका उनले स्वीकार प्रहरीले जनाएको छ ।

पाकिस्तानको मानवअधिकार आयोगका अनुसार गएको वर्ष परिवारको ईज्जतको नाममा ९ सय ४३ महिलाको हत्या भएको छ । तर पाकिस्तानमा ईज्जतको नाममा हुने हत्या भने बिस्तारै घट्दै गएको अधिकारीहरुले बताएका छन् ।

काश्मिर तेजाब हाल्नेलाई जन्म कैदसम्मको सजाय तोकिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading