किसानलाई सहयोग पुग्ने गरी कृषि उत्पादनको मूल्य तोक्ने तयारी

किसानलाई सहयोग पुग्ने गरी कृषि उत्पादनको मूल्य तोक्ने तयारी

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – सरकारले किसानलाई सहयोग पुग्ने गरी कृषि उत्पादनको मूल्य तोक्ने तयारी गरेको छ । कृषि विभागले ३२ औ विश्व खाद्य दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस्तो जानकारी दिए ।

किसानलाई सम्मान गर्दै यो वर्ष मूल्य तोकिने प्रधानमन्त्री भट्टराईले बताए । सरकारले कृषि ऋणमा अनुदानको समेत तयारी गरेको उहाँले बताए ।
प्रधानमन्त्रीले आगामी बजेटमा कृषि क्षेत्रको बजेट दोब्बर बनाउने बताए । कृषि कार्यक्रममा खाद्य सुरक्षालाई सर्वाधिक प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री भट्टराईले निर्वाहमूखि कृषिलाई आधुनिकिकरण गर्न विशेष कार्यक्रम लागू गरिएको जानकारी दिए ।

खाद्य समस्या कम गर्न सरकारले बजार अनुगमन, केही खाद्यान्नको अधिकतम मूल्य निर्धारण, विद्यालयमा बाल पोषण वितरण तथा गरिव परिवारका लागि परिचय पत्र वितरण गरिएको र परिचय पत्र वितरणपछि सबै गरिव परिवारलाई न्यूनतम आवश्यक खाद्य बस्तुको ग्यारेन्टी गर्ने उनले बताए ।

तर किसानले भने अहिले देशमा सरकारबाट दिने कृषि सेवा प्रभावकारी हुन नसकेको, आफूहरुले उत्पादन गरेका वस्तुको मूल्य असाध्यै न्यून रहेको र अर्गानिक खेतीको प्रमाणीकरण गर्ने संयन्त्र नहुदाँ समस्या रहेको बताएका छन् ।

यो वर्षको विश्व खाद्य दिवसको नारा कृषि ‘सहकारीको विस्तार, खाद्य पोषणको आधार’ तय गरिएको छ । कार्यक्रममा कृषि क्षेत्रमा योगदान पुरयाउने कृषक, कृषि समूह, कर्मचारी लगायत गरी एक सय १ जनालाई सम्मान गरिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.