सत्तारुढ गठबन्धनले सहमतिमै बजेट ल्याउन सक्दो पहल गर्ने

सत्तारुढ गठबन्धनले सहमतिमै बजेट ल्याउन सक्दो पहल गर्ने

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० सत्तारुढ गठबन्धनलले सहमतिमा बजेट ल्याउनका लागि सक्दो पहल गर्ने निर्णय गरेको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पहिले सहमतिका लागि प्रयास गर्ने र त्यसो नभएमा जसरी भएपनि पूर्ण बजेट ल्याउने निर्णय गरेको हो ।
गठबन्धनका प्रवक्ता प्रेमवहादुर सिंहले सहमतिमै बजेट ल्याउने विषयमा छलफल भएको बताए ।

बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेटको तयारीका बारेमा जानकारी गराएका थिए । बजेट ल्याउनका लागि सवै दलले आ आफ्ना सुझाव दिएको प्रवक्ता सिंहले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.