मच्छिन्द्र क्लब सफल पोखरा कपको सेमिफाइनलमा

मच्छिन्द्र क्लब सफल पोखरा कपको सेमिफाइनलमा

  • मंगलबार, कार्तिक २१ २०६९

पहिचान/ पोखरा, कार्तिक २१ – दीपक राईले ह्याट्रिक गरेपछि मच्छिन्द्र क्लब सफल पोखरा कप फुटवलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा भारतको कोलकाता पोर्ट ट्रष्ट क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो ।

मच्छिन्द्रका लागि २८ औँ, ३२ औँ र ८० औँ मिनेटमा गोल गर्दै दीपक राइले ह्याट्रिक गरे । यस्तै ६३ औं मिनेट र दोश्रो हाफको इन्जुरी समयमा गरी बिशाल राई एले २ गोल गरे ।

५८ औं मिनेटमा लक्ष्मीनारायण श्रेष्ठले एक गोल गरे । नेपाल पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनल पुगेको मच्छिन्द्रले कोलकाता विरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै सेमिफाइनल पुग्यो ।

मनाङ मस्र्याङ्दी, न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.