‘ओलम्पिक कमिटीको विवाद राष्ट्रिय लज्जाको विषय’

‘ओलम्पिक कमिटीको विवाद राष्ट्रिय लज्जाको विषय’

  • मंगलबार, कार्तिक २१ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २१ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलम्पिक कमिटीको विवाद राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । उनले ओलम्पिक विवाद समाधान गर्न आफू र सरकार प्रतिबद्ध रहेको बताउदै ओलम्पिक कमिटीको विवादका सम्बन्धमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) मा पत्रचार गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।

विभिन्न राष्ट्रिय खेल संघहरुको आर्थिक लगायत विविध पक्षहरुको छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न प्रतिवेदनले दिशानिर्देश गर्ने बताउदै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री भट्टराईले पेश्की फर्छ्यौट नगर्नेलाई तत्काल कारवाही प्रकृया अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामालाई निर्देशन दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.