बाराक ओबामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

बाराक ओबामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

  • बुधबार, कार्तिक २२ २०६९

कार्तिक २२ (एजेन्सी) – बाराक ओबामा दोश्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । जीतका लागि २ सय ७० ईलेक्टोरल भोट ल्याए हुनेमा ओबामा ३ सय ३ भोट प्राप्त गरी आउँदो चार वर्षका लागि राष्ट्रपतिमा पुनर्निर्वाचित भएका हुन् ।

डेमोक्रेटिक पार्टीको पकड रहेको राज्य नर्थ क्यारोलिना र ईन्डियानाको मत रिपब्लिकन उम्मेदवार मिट रोम्नीले आफ्नो पक्षमा पारे पनि सबैभन्दा अनिश्चित मानिएको ओहायो राज्यको नतिजाले ओबामाको जित सुनिश्चित गरेको हो ।
ओबामाको जीत पछि उहाँलाई बधाई दिंदै रोम्नीले राष्ट्रपति ओबामाले चुनौतिपूर्ण समयमा देशलाई सफलता पूर्वक मार्गदर्शन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

ओबामा यसअघि सन् २००८ मा पहिलो पल्ट अमेरिकाको राष्ट्रपति पदमा निर्वाचीत भएका थिए । उनी अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading