मनाङ मर्स्याङ्दीसफल पोखरा कपको फाईलनमा

मनाङ मर्स्याङ्दीसफल पोखरा कपको फाईलनमा

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ पोखरा, कार्तिक २२ – एनसेल कप बिजेता मनाङ मर्स्याङ्दी क्लब सफल पोखरा कप फूटबल प्रतियोगिताको फाईलनमा पुगेको छ । पोखरा रंगशालामा भएको सेमिफाईलनमा न्युरोड टीम एनआरटीलाई एक शुन्यले हराउदै मनाङ फाईनलमा पुगेको हो ।
खेल शुरु भएको चौथो मिनेटमा अमिर श्रेष्ठको पासमा सुजल श्रेष्ठले हेड मार्फत गरेको गोल नै मनाङको फाईनल यात्राका लागि प्रर्याप्त भयो ।

अर्को सेमिफाईलनमा भोली हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लब भिड्ने छन् । यस्तैभारतको सिक्किम युनाईटेडलाई दुई एकले हराउदै नेपालको थ्रिस्टार क्लब भारतको गान्तोकमा चलिरहेको ३३ औ गर्भनर्स गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईलन प्रबेश गरेको छ ।

गान्तोकको पालिजोर स्टेडियममा पहिलो हाफको २० औ मिनेटमा गोल खाएर पछि परेको थ्रिस्टारले दोश्रो हाफको ईन्जुरी समयमा पेनाल्टी मार्फत गोल गरेर खेलमा फर्किएको थियो । थ्रिस्टारका योगेश श्रेष्ठलाई बिपक्षी खेलाडीले डि बक्समा फल परेपछि पाएको पेनाल्टीलाई सन्तोष साहुखलले गोलमा परिणत गरेका थिए ।

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको पहिलो हाफमै सन्तोषले १ गोल थपे र थ्रिस्टारको जित पक्का गरे ।

पहिलो हाफको २० औ मिनेटमा सिक्किमका एन्डी लेप्चाले रिबाउन्डमा गरेको हेड थ्रिस्टारका गोलकिपर किरण चेमजोङले रोक्न नसक्दा थ्रिस्टार नियमित समयको खेलअबधि भर दबाबमा रहन पुग्यो । थ्रिस्टारले अब फाईलन प्रबेशका लागि भवानीपुर कोलकता क्लबसंग खेल्ने छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.