खाना पकाउने ग्याँसको भाउ बढ्ने

खाना पकाउने ग्याँसको भाउ बढ्ने

  • बिहिबार, कार्तिक २३ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २३ – खाना पकाउने एलपी ग्याँसको भाउ बढ्ने भएको छ । लागत मूल्यमै एलपी ग्याँस बेच्ने नेपाल आयल निगमको तयारीसँगै ग्याँसको मूल्य बढ्ने भएको हो । घाटाको व्यापार कम गर्न लागत मूल्य अर्थात् किनेकै मूल्यमा ग्याँस बिक्री गर्ने तयारी भैरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालले जानकारी दिए ।

निगमले एक सिलिण्डर ग्याँसमा ५ सय ८ रुपैयाँ १३ पैसा घाटा खाइरहेको छ । निगमले लागत मूल्यमै ग्याँस बेच्ने हो भने सर्वसाधारण उपभोक्ताले ५ सय रुपैयाँ भन्दा धेरै रकम तिरेर ग्याँस खरीद गर्नुपर्नेछ ।

अग्रवालका अनुसार घरायसी प्रयोजनका लागि ग्यास खरीद गर्नेलाई भने अनुदान दिईनेछ । उपभोक्ताले ग्यास खरिद गरेको बिल र उपभोक्ता कार्ड देखाएपछि सरकारले तोकेको बैंकबाट अनुदान रकम पाउने उनको भनाई छ ।

निमित्त कार्यकारी निर्देशक अग्रवालले उपभोक्तालाई दिइने अनुदानको कार्यविधि बनाइरहेको बताए ।

निगमका स्रोतका अनुसार मंसिर १ गतेदेखि लागत मूल्यमै ग्याँस बेच्ने तयारी भइरहेको छ ।

आयल निगमले अहिले खाना पकाउने एलपी ग्यासमा मासिक ६१ करोड ७ लाख रुपैयाँ घाटा खेपिरहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.