क्रिकेटर मोहम्मद अजहरुद्दीन माथिको आजीवन प्रतिबन्ध गलत ठहर

क्रिकेटर मोहम्मद अजहरुद्दीन माथिको आजीवन प्रतिबन्ध गलत ठहर

  • बिहिबार, कार्तिक २३ २०६९

कार्तिक २३ – भारतको आन्ध्र प्रदेश उच्च अदालतले पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीन माथिको आजीवन प्रतिबन्धलाई गलत ठहर गरेको छ । म्याच फिक्सिङमा संलग्न रहेको अभियोगमा सन् २००० मा भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अजहर माथि लगाएको प्रतिबन्ध अदालतले गलत ठहर गरेको हो ।

दक्षिण अफ्रिकाका पूर्व कप्तान हन्सी क्रोनिएले नाम लिएपछि अजहर म्याच फिक्सिङको मुद्दामा फसेका थिए । क्रोनिए हेलिकोप्टर दुर्घटनामा मारिए भने अजहरुद्दीनले आजीवन प्रतिबन्ध खेप्नु परेको थियो ।

भारतीय टीमको नेतृत्व गर्दै सफल कप्तानको भूमिका खेलेका अजहरुद्दीनले न्याय पाएको र अझै पनि खेल क्षेत्रको सेवामा लाग्ने बताएका छन् ।

उनले सुरु देखि नै आफू निर्दोष रहेको बताउँदै आएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.