चिनियाँ कङ्ग्रेस सुरुः १० वर्ष पछि चिनियाँ नेतृत्व परिवर्तन हुँदै

चिनियाँ कङ्ग्रेस सुरुः १० वर्ष पछि चिनियाँ नेतृत्व परिवर्तन हुँदै

  • बिहिबार, कार्तिक २३ २०६९

कार्तिक २३ – चिनियाँ कम्यूनिष्ट पार्टीको १८ औं महाधिवेशन सुरु भएको छ । १० वर्षपछि भएको यो अधिवेशनले देशको नयाँ नेतृत्व समेत निर्धारण गर्नेछ ।

राजधानी बेईजिङ्गको ग्रेट हल अफ पिपुलमा अधिवेशनको उदघाटन गर्दै राष्ट्रपति हु जिन्ताओले अभूतपूर्व अवसर र चुनौती सामना गर्नु परेपनि राष्ट्रले उच्च उद्देश्य र कडा मेहनतका साथ काम गर्नु जरुरी रहेको बताए । विकासको वैज्ञानिक दृष्टिकोण पार्टीको पछिल्लो दशकको महत्वपूर्ण उपलब्धि भएको भन्दै उनले यो नै पार्टीको सैद्धान्तिक मार्गदर्शक समेत बनेको बताए ।

राष्ट्रपति हुले राजनीतिक संरचनामा सुधारको प्रक्रियालाई चीनले निरन्तरता दिने तर पश्चिमा राजनीतिक प्रणालीको नक्कल भने कुनै हालतमा नगर्ने स्पष्ट पारे । राजनीतिक संरचनामा सुधारका लागि सक्रिय र विवेकपूर्ण प्रयास जारी राख्नुपर्ने र लोकतन्त्रलाई अझै व्यापक बनाउनुपर्नेमा उनको जोड छ ।

२ हजार जना प्रतिनिधि सहभागि रहेको महाधिवेशनबाट स्थायी समिति जि जिनपिङलाई पार्टी प्रमुखका रुपमा चयन गरिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई यसअघि नै नयाँ राष्ट्रपतिका रुपमा हेरिंदै आएको थियो ।

पार्टीले निर्णय गरे उनले सन् २०१३ को मार्चदेखि वर्तमान राष्ट्रपति हु जिन्ताओको स्थान लिनेछन् । यस्तै अर्का स्थायी समिति सदस्य लि केकियाङलाई पार्टीको उपप्रमुख र प्रधानमन्त्रीका रुपमा चयन गरिने संभावना छ ।

एकहप्तासम्म चल्ने यो महाधिवेशनका लागि बेईजिङ्गको सुरुक्षा व्यवस्था कडा पारिएको छ । सरकारको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै आएकाहरुलाई पक्राउ गरिएको र केहीलाई घरमै नजरबन्द गरिएको अधिकारवादीहरुले बताएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading