मच्छिन्द्र क्लब सफल पोखरा कपको फाइनलमा

मच्छिन्द्र क्लब सफल पोखरा कपको फाइनलमा

  • बिहिबार, कार्तिक २३ २०६९

पहिचान/ पोखरा, कार्तिक २३ – मच्छिन्द्र क्लब सफल पोखरा कप फूटबलको फाइनलमा प्रवेश गरेको छ । नाटकीय खेलमा हिमालयन शेर्पा क्लबलाई एक विरुद्ध तीन गोलले हराउँदै मच्छिन्द्रले मनाङसँगको उपाधि भेट पक्का गरेको हो ।

पोखरा रंगशालामा एक शून्यले पछि परेको मच्छिन्द्रले खेलमा उत्कृष्ट पूनरागमन गरेर तीन गोल गरेर खेल जित्यो । ७० औं मिनेटमा गणेश खड्काले गोल गरी अग्रता लिएपनि हिमालयनले त्यसलाइ जोगाउन सकेन् ।

८५ औं मिनेटमा मच्छिन्द्रका लागि कर्ण लिम्बुले बराबरी गोल गरे । लिम्बुले अतिरिक्त समयको चौथो मिनेटमा दोस्रो गोल गरे । दीपक राइले पन्ध्रौं मिनेटमा तेस्रो गोल गरी जित सुनिश्चित गरे ।

मच्छिन्द्रले अब उपाधिका लागि शनिबार मनाङसँग खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ५ हजार र उप–विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.