राष्ट्रिय सहमति जुटाएर मात्रै पूर्ण बजेट ल्याउन माग

राष्ट्रिय सहमति जुटाएर मात्रै पूर्ण बजेट ल्याउन माग

  • बिहिबार, कार्तिक २३ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २३ पेशागत महासंघ नेपालले राष्ट्रिय सहमति जुटाएर मात्रै पूर्ण बजेट ल्याउन सरकारसँग माग गरेको छ । पेशागत महासंघले मूख्य सचिव लिलामणि पौडेल मार्फत प्रधानमन्त्रीलाई २० बुँदे मागपत्र वुझाएर राष्ट्रिय सहमति कायम गरेर मात्र पूर्ण बजेट ल्याउन माग गरेको हो ।
पेशागत महासंघ नेपालले कृषि, पशुजन्य तथा उत्पादनशील क्षेत्रमना लगानी बढाउन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारिकण र निजीकरण बन्द गरी सर्वशुलभ सेवा दिन गर्न माग गरेको छ ।

निजीकरणको नीति बन्द गरेर रुग्ण सार्वजनिक उद्यम पुनरुत्थान गर्न बजेट विनियोजन गर्न माग गरेको महासंघका प्रथम उपाध्यक्ष प्रेमल खनालले जानकारी दिए ।

पेशागत महासंघको मागपत्र बुझ्दै मूख्य सचिव पौडेलले आउने बजेटमा पेशागत महासंघले राखेका माग सम्वोधन गर्ने आश्वासन दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.