निष्पक्ष फैसला गर्न ढिला गर्नुको कारण के हो ?

निष्पक्ष फैसला गर्न ढिला गर्नुको कारण के हो ?

  • मंगलबार, पौस ३ २०६९

पहिचान/काठमाडौ,३ पुष -: तपाई इमान्दार हुनुहुन्छ ? तपाई आफ्नो काम भन्दा अन्त ध्यान दिनु हुन्न ? अनि तपाई आफूले काम गरेर आम्दानी गर्नुहुन्छ भने अरुले पनि त्यसैगरी आम्दानी गर्नुपर्छ भन्ने चाहनुहुन्छ होला । हो त्यस्तै चाहने एक व्यक्तीलाई अहिले काम गरेर होइन, जसरी पनि मिलाएर खाने तरिका सिकाउन यो देशको सरकारी निकाय तल्लिन रहेको पाउँदा कुरा गरेर मात्रैको खानेको मात्रै देश नेपाल रहेछ भन्ने भान हुन थालेको छ । काम गर्ने त मलेसिया, कतार, दुवई, अमेरिका, जापान पुगेका रहेछन् । अनि अध्ययनरत व्यक्ती वेलायत र अष्ट्रेलिया हानिदाँ रहेछन् भन्ने महसुस भइरहेको छ । अहिले दैनिक एक हजार भन्दा धेरैको संख्यामा नेपाली नागरिक विदेश गइरहेका छन् । आफू जन्मेको देशमा काम नपाउने र कामका लागि अर्को देशमा जानु पर्ने पीडा भोगेका नेपाली नागरिकलाई अहिले सम्म राज्यले कुनै आश्वासन समेत दिन सकेको छैन । राज्यले विप्रेषण घट्यो र बढ्यो भन्दा अरु जवाफ दिन सकेको छैन । विदेश गएका नेपाली नागरिकले के कसरी राज्यका लागि योगदान पुर्याएका छन् ? के उनीहरुलाई यो देशमा काम गर्न मन नै नभएर या यो देशमा अध्ययन गर्ने विश्वविद्यालयनै नभएर विदेश गएका हुन् ? यसको उत्तर यो देशका राष्ट्रप्रमूखले समेत दिन सकेका छैनन् भने आफ्नो जिविको पार्जन गर्न राज्यले तोकेको सेवा सुविधा मात्र चित्त वुझाएर बसेका प्रशासनिक निकायका कर्मचारीले दिन सक्छन् भनेर ठोकुवा गर्न सकिदैन ।
काम गर्नेको भन्दा कुरा गर्नेको देश नेपाल भनेर कहलिन लागेको यो समयमा कस्ले ल्यायो ? कस्का कारण हुनेलाई जहितही नहुनेलाई कहिन कहि भने जस्तै हुनु पर्ने किन ? यो प्रश्नको उत्तर देशका राजनीतिक दलतिरै जाने गरेको छ । प्रशासनिक निकायमा राजनीतिक दलकै भनसुनले प्रमूख नियुक्त भएकाले पनि नेपाली नागरिकको गुनासो राजनीतिक दलतिरै जाने गरेको सत्य नै हो । अहिले राजनीतिक संक्रमणकाल भएकाले नागरिकको गुनासो सुन्ने निकाय प्रशासनिक निकायका प्रमूख नै हुन् । नागरिकका गुनासो सुन्ने र ति गुनासा समाधान गर्ने जिम्मेवारी पाएका प्रशासनिक निकायमा पनि जिल्ला प्रशासन कार्यालय एक नम्वरमा पर्छ । जिल्लाका अरु प्रशासनिक निकायको भन्दा शक्तीशाली जिल्ला प्रशासन कार्यालयमा आफ्नो पहिचान खुलाउने देखि आफू कुन ठाउँबाट कुन ठाउँमा पुग्दैछु भन्ने सम्मका हरेक विवरण हुन्छ ।
आफ्नो जिल्लामा रहेका हरेक व्यक्तीदेखि गाउँ टोल, समाज सहित नागरिकलाई सेवा दिने सरकारी निकायको नियामक निकाय प्रशासन कार्यालय प्रति नागरिकको गुनासो बढ्नु दुखको कुरा हो । यो गुनासो हुम्ला जुम्ला, रोल्पा, डोल्पाको होइन । यो गुनासो देशको प्रमूख प्रशासनिक निकाय सिंहदवार नजिकै रहेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको हो । गुनासो एक व्यक्तीको मात्रै होइन । काठमाण्डुमा रहेका धेरैले काम ढिलो हुन्छ भनेर नाम लिने सरकारी निकायको रुपमा जिल्ला प्रशासन कार्यलय एक हो । आज भन्दा ५ महिना अघिदेखि नजिकबाट नियाल्ने मौका पाएको यो निकायलाई महिले औला उठाउन खोजेको होइन तर धेरैले अहिलेसम्म काम भएन नि ? किन नभएको होला भनेर सुनाउने जति सबैले त्यहाँ त्यस्तै हुन्छ भन्ने जवाफ दिइरहेकाले यि शव्द कोरेको मात्र हो ।
दवाव दिनेको काम हुन्छ, हजुर के भयो भन्नेको काम हुँदैन । किन ? आफूले नदेखेको र प्रमाण नभएको कुरो निकाल्नु भन्दा पनि मौखिक कुराका आधारमा भन्नु पर्दा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा सेवाग्राहीको काम फटाफट हुन प्रमूख जिल्ला अधिकारीको कार्यकक्षमा पुग्नु पर्ने बाध्यता छ । सहायक प्रमूख जिल्ला अधिकारले गरे हुने काममा समेत सेवाग्राही प्रमूखको कार्यकक्षमा पुग्ने गरेका छन् । किन यस्तो भयो भन्ने जवाफ त प्रमूख जिल्ला अधिकारीले पनि दिनुहुन्छ ।
कसैकाबारेमा गुनासो आएपछि गुनासोको समाधान गर्ने निकायले आलटाल गरिरहँदा धेरै प्रश्न उठ्दा रहेछन् । अहिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौका बारेमा नील हिरा समाजसँग जोडिएर प्रमूख जिल्ला अधिकारीसँग गुनासा पुग्ने गरेका छन् । यो देशमा रहेका समलिङ्गी तेश्रोलिङ्गी समूदायको अधिकारप्राप्तीको आन्दोलनमा विगत १२ बर्षदेखि सघर्ष गर्दै आएको समाजका बारेमा आएका गुनासाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासनलाई झण्डै आधा बर्ष लागेको छ । यो आधा बर्ष वित्न लाग्दा समेत एउटा संस्थाको गुनासोको छिनोफानो गर्न नसक्नु कसको कमजोरी हो ? अहिले जनजनले प्रश्न गर्ने दिन आएको छ ।
कोही कसैलाई तड्पाई तड्पाई मार्न मिल्दैन । यहाँ पशु वलिको अन्त्य गरौ भनेर नारा लगाउनेहरु कहाँ गए ? के उनीहरुले यो कुरा थाहा पाएनन् र ? तड्पाई तड्पाई मान्छेलाई जिउदै मार्नु न्याय दिनु हो ? न्याय नपाए गोर्खा जानु भन्ने पृथ्वीनारायण शाह जस्ता शासकको यो देशमा खाँचो हो ? न त यस विषयमा राजनीतिक दल बोल्छन् नत कलम चल्छन् ? कालोलाई सेतो भन्नु पर्दैन, सेतोलाई कालो भन्नु पर्दैन भन्दा किन दाँतबाट पसिना निकाल्छन् हाम्रा प्रशासनिक निकायका कर्मचारी ? यो प्रशासनिक निकायको अनिर्णयका कारण कुनै एक व्यक्ती मात्र नभई यो देशमा रहेका लाखौ फरक यौनिकता भएका समलिङ्गी तेश्रोलिङ्गी समूदायलाई जीउदै जलाउने काम गर्ने प्रशासन कार्यालयका जिम्मेवार व्यक्तीले के जवाफ दिनु हुन्छ ? यो जवाफको प्रतिक्षामा छौ हामी पहिचान पाउने अभियानमा रहेकाहरु ? यो पनि सुन्नुहोस् ः

 http://ujyaaloonline.com/index.php?pageName=download_details&id=21

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading