लोडसेडिङ दैनिक दुई घण्टा कम ( नयाँ तालिका सार्वजनिक)

लोडसेडिङ दैनिक दुई घण्टा कम ( नयाँ तालिका सार्वजनिक)

  • शुक्रबार, माघ १९ २०६९

पहिचान/काठमाडौ, माघ १९ –माघ २१ गते आइतवारदेखि घोषित रुपमै लोडसेडिङ दिनमा दुई घण्टाले कम हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आउँदो आइतवारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ । अहिले दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको छ । भारतबाट विद्युत आयातमा सुधार आएको र सुर्यास्तको समय परिवर्तन भएकाले लोडसेडिङ दिनमा दुई घण्टाले कम गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अघोषित रुपमा माघ १० गतेदेखिनै लोडसेडिङ कम गरेपनि पर्सी आइतवारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका :loadshading

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.