त्रिभुवन आर्मी अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप को सेमिफाइनलमा

त्रिभुवन आर्मी अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप को सेमिफाइनलमा

  • बुधबार, चैत्र २८ २०६९

पहिचान/ काठमाडौं, चैत २८ त्रिभुवन आर्मी क्लब १५ औँ अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । एन्फा टेक्निकल सेन्टर धरानमा भएको पहिलो सेमिफाइनलमा आयोजक धरानलाई ३/२ ले हराउदै आर्मीले उपाधि यात्रा कायमै राखेको हो ।

निर्धारित समय २/२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा आर्मीका विकर्ण श्रेष्ठले निर्णायक गोल गरे । आर्मीले उपाधिका लागि भोली हुने थ्रीस्टार र पुलिसवीचको विजेतासंग खेल्नेछ ।

खेलको १६ औ मिनेटमा प्रकाश बुढाथोकीको गोलमा अग्रता लिएपनि धरानले त्यसलाई जोगाउन नसक्दा सैयौ घरेलु समर्थक निराश भएका थिए । आर्मीका लागि टेकवहादुर बुढाथोकी तथा धरानका प्रकाश बुढाथोकीले २/२ गोल गरे ।

प्याराफिट भत्कियो

यसैबिच आजको खेल चलिरहेका बेला प्याराफिट भत्कदा २ जना दर्शक सामान्य घाइते भएका छन् । दर्शकले हुटिङ्ग गर्ने क्रममा बासको अस्थाइ प्याराफिट भत्किएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.