टेस्ट ट्यूबबाट बच्चा जन्माउने प्रविधिका आविष्कारक रहेनन्

टेस्ट ट्यूबबाट बच्चा जन्माउने प्रविधिका आविष्कारक रहेनन्

  • बिहिबार, चैत्र २९ २०६९

पहिचान/ काठमाडौं, चैत २९ – टेस्ट ट्यूबबाट बच्चा जन्माउने प्रविधि आविष्कार गर्ने वैज्ञानिकको निधन भएको छ । दुई वर्षदेखि बिरामी रहेका ८७ वर्षका रोबर्ट एडवार्डको बेलायतमा निधन भएको हो । उनले इन विट्रो फर्टिलाइजेशन अर्थात आइभीएफ प्रविधिको विकास गरेका थिए ।

क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर रोबर्ट एडवार्डको आविष्कारका कारण सन् १९७८ मा पहिलो पल्ट टेष्ट ट्यूब बेबी लुइस ब्राउनको जन्म भएको थियो ।
आइभीएफ प्रविधिबाट अहिलेसम्म ५० लाख भन्दा धेरै बालबालिका जन्मिएका छन् ।

वैज्ञानिक एडवार्डको निधनप्रति विश्वभर दुख व्यक्त गरिएको छ । उनले सन् २०१० मा भौतिकशास्त्र तथा औषधीविज्ञान तर्फको नोवेल पुरस्कार पाएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading