समलिङ्गी तेश्रोलिङ्गीमाथि हुने हिंसा अपराध : राष्ट्रसंघ

समलिङ्गी तेश्रोलिङ्गीमाथि हुने हिंसा अपराध : राष्ट्रसंघ

  • मंगलबार, बैशाख ३ २०७०

पहिचान /काठमाडौं, बैशाख ३- संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले विश्वभरनै समलिङ्गी /तेस्रो लिङ्गीमाथि हिंसा हुने गरेको बताएको छ ।

मानव अधिकार, यौनिक तथा लैङ्गिक पहिचान विषयमा ओस्लोमा सम्पन्न सम्मेलनले सार्वजनिक गरेको प्रतिवेदनले समलिङ्गी तेश्रोलिंगीहरुमाथि सार्वजनिक स्थलमा गम्भीर प्रकृतिको मानसिक तथा शारीरिक यातना हुने गरेको बताएको छ ।

तेस्रो लिंगी माथि हुने सम्पूर्ण हिंसालाई अपराधको संज्ञा दिएपनि अझै पनि उनीहरु डरको वातावरणमा बाँच्नु परिरहेको र आफ्नो पहिचान समेत लुकाउनु पर्ने स्थिति रहेको राष्ट्रसंघ मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै विश्वका केहि राष्ट्रले तेस्रो लिंगीका मानव अधिकार रक्षाका लागि उल्लेख्य कदमहरु चालेपनि अघिकांश देशमा उनीहरुमाथि हुने भेदभावविरुद्ध कानुनी व्यवस्थासमेत नभएको र सार्वजनिक स्थानमा उपस्थित हुन पनि बन्देज लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

सम्मेलनले तेस्रो लिंगीका मानव अधिकार रक्षा तथा उनीहरुमाथि हुने हिंसा अन्त्यका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading