अमेरिकाको बोस्टनमा बम विष्फोट, तीनको मृत्यु, एक सय ४४ घाइते

अमेरिकाको बोस्टनमा बम विष्फोट, तीनको मृत्यु, एक सय ४४ घाइते

  • मंगलबार, बैशाख ३ २०७०

काठमाडौं, बैशाख ३ अमेरिकाको बोस्टन शहरमा भएको बम विष्फोटमा तीन जनाको मृत्यु भएको छ । बिष्फोटमा १ सय ४४ जना घाईते भएका छन् । 

ज्यान गुमाउनेमा ८ वर्षिय बालक समेत छन् । समाचार संस्था सिएनएनका अनुसार आठ जना बालबालिका सहित सबै घाईतेको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । जसमध्ये १७ जना गम्भीर छन् ।

बोस्टन म्याराथनको फिनिसिङ्ग लाईन नजिक स्थानीय समय अनुसार दिउँसो २ बजेर ५० मिनेटमा पहिलो र त्यसको केही सेकेन्डमै दोश्रो विष्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

यसैबीच अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआई) ले संभावित आतंकवादी आक्रमण भन्दै छानबीन भईरहेको जनाएको छ । बोष्टनका प्रहरी प्रमुख एडवार्ड डेभिसले अहिले सम्म शंकास्पद कसैलाई नियन्त्रणमा नलिएपनि केही व्यक्तिसंग सोधपुछ गरिएको बताए ।

घटना लगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले घटना कसले र किन गराएको भन्ने पत्ता लगाउने र जिम्मेवार व्यक्ति तथा समूह पूर्ण रुपमा कारवाहीको भागिदार बन्ने बताए ।

सबै तथ्य फेला नपर्दा सम्म कुनै पनि निष्कर्ष ननिकाल्न ओबामाले आग्रह गरे ।

घटनापछि अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading