घट्दै छ सुनको मूल्य

घट्दै छ सुनको मूल्य

  • मंगलबार, बैशाख ३ २०७०

पहिचान/ काठमाडौं, बैशाख ३ – सुनको भाउ घट्ने क्रम मंगलबार दोश्रो दिन पनि जारी रह्यो । सोमबार तोलामा ३३ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि ३ हजार रुपैयाले घटेको हो ।

सुनको भाऊ मंगलबार तोलाको ४९ हजार ५ सय रुपैंयामा कारोबार भएको छ ।

सन् २०११ जुलाई अघि यही भाउ थियो । सुनको भाउमा गिरावट आएपछि व्यापारी भाउ बढ्ने र उपभोक्ता भाउ घट्ने आशमा रहेकाले कारोबार प्रभावित भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साईप्रसले ४० करोड युरो बराबरको १० टन सुन बेच्न लागेका कारण भाउ घटेको भनिएपनि सट्टाबजारीले बजारमा नियन्त्रण गर्न भाउ घटाएको हुनसक्ने ब्यापारीको आशंका छ ।

आज चाँदीको भाउ पनि एकैदिन तोलामा ३७ रुपैंयाले घटेर ८ सय ९८ रुपैंयामा किनबेच भएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.