अमेरिकामा बिस्फोट, ७० जनाको मृत्यु

अमेरिकामा बिस्फोट, ७० जनाको मृत्यु

  • बिहिबार, बैशाख ५ २०७०

काठमाडौ, ५ बैशाख ।

अमेरिकाको टेक्सासमा भएको बिस्फोटमा ७० जनाको ज्यान गएको छ । बोस्टन हमलामा तीन जना मारिएको तीन दिन लगत्तै अमेरिकामा अर्को बिस्फोट भएको हो ।
टेक्सास राज्यस्थित एक फटिर्लाइजर प्लान्टमा भएको बिस्फोटमा परी सो हताहति भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

स्थानीय समाचार संस्थालाई उद्रित गर्दै एपी र रोयटर्सले जनाएअनुसार बिस्फोटमा कम्तिमा ६० देखि ७० जनाको मृत्यु भएको छ । यद्यपी मृत्युको स्वतन्त्र पुष्टि हुन सकेको छैन् । बिस्फोट टेक्सास राज्यको वाको नजिकैको शहरमा भएको ती समाचार संस्थाहरुले जनाएक छन् । बिस्फोटमा परी सय बढी घाइते भएका समाचारमा जनाइएको छ ।

अझैं केही व्यक्तिहरु भत्किएको घरमा चेपिएको अवस्थामा रहेको समाचारमा उल्लेख छ । वाको बहरबाट २० माइल उत्तरमा पर्ने उक्त सहरमा करिब तीन हजार मात्र मानिस रहेको अनुमान गरिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.