मुसर्रफलाई प्रहरीले पक्रिएन

मुसर्रफलाई प्रहरीले पक्रिएन

  • बिहिबार, बैशाख ५ २०७०

काठमाडौ, ५ बैशाख ।

पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुसर्रफ अदालतले पक्राउ गर्ने आदेश दिएपछि निजी सुरक्षाकर्मीको सहयोगमा अदालतबाट आफ्नो घर पुगेका छन् । उनी इस्लामावादस्थित आफ्नो फार्म हाउसमा पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अदालतले उनलाई सन् २००७ मा न्यायाधीशलाई नजरबन्दमा राखेको आरोपमा पक्राउको आदेश दिएको छ । मुसर्रफले उक्त घटनामा धरौटी समय बढाउन माग गरेका थिए ।
अदालतले पक्राउको आदेश दिएको भएपनि उपस्थित प्रहरीले उनलाई पक्राउ गरेको छैन् । उनको सुरक्षामा पहिल्यदैखि प्रहरीहरु तैनाथ रहेको भएपनि उनलाई पक्राउ गरिएको छैन् । अब उनले सर्वोच्च अदालतमा अपिलको मौका भने पाउने छन् ।

आगामी महिनामा हुने आम निर्वाचनमा भाग लिनको लागि साढे चार बर्षे निर्वासीत जीवनपछि पाकिस्तान फर्किएका पूर्व राष्ट्रपति मुसर्रफलाई यसअघि नै चारवटा क्षेत्रमा उमेदवारीको लागि अयोग्य घोषित गरिसकिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.