चीनमा भुकम्प, मर्नेको संख्या ७१ पुग्यो

चीनमा भुकम्प, मर्नेको संख्या ७१ पुग्यो

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं, ७ बैशाख (पहिचान) – चीनको दक्षिण पश्चिमी सिचुवान प्रान्तमा भुकम्प जाँदा ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् । उद्धारका लागि २ हजार भन्दा बढी सैनिक, प्रहरी तथा स्थानीय खटिएका छन् ।

१ सय ३५ जना गम्भीर घाइते भएका र उद्धारकार्य जारी रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान ८ बजे सिचुवानको याआन शहरको लुशान गाउँलाई केन्द्र बनाई ७ रेक्टर स्केलको भुकम्प गएको थियो । सिचुवानको राजधानी शहर चेङगदु तथा गुईझोउ, गाङगसु, साङगसी र युन्नान प्रान्तमा पनि भुकम्पको झट्का महसुस गरिएको थियो । भुकम्पबाट थुप्रै घरहरु

भत्किएका छन् भने ढुंगामाटो झरेपछि पहाडी क्षेत्रमा यातायात अवरुद्ध भएको सिन्ह्वाले जनाएको छ ।

प्रभावित क्षेत्रमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सिचुवान प्रान्तमा यसअघि सन् २००८ मा ८ रेक्टर स्केलको भुकम्प जाँदा झण्डै ९० हजार जनाको ज्यान गएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.