रोकिएन गैरकानुनी गिरफ्तारी

रोकिएन गैरकानुनी गिरफ्तारी

  • बुधबार, बैशाख १८ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0016727832{main}( ).../index.php:0
20.0017730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.14267133440require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.14397198984include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं १८ बैशाख (पहिचान)-डेरामा बसेका समलिङ्गी जोडीलाई गैरकानुनी गिरफ्तार गरेकोमा नील हिरा समाजले आपत्ती जनाएको छ । समलिङ्गी जोडीलाई गैर कानुनी गिरफ्तार गर्ने क्रम नरोकिएकोमा समाजले आपत्ती जनाएको हो । प्रहरीले गएराती काठमाडौंको लाजिम्पाटमा रहेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पछाडि रहेको घरको डेरामा बस्दै आएका समलिङ्गी जोडीलाई गिरफ्तार गरेको थियो । प्रहरी प्रभाग दरवारमार्गमा राखिएका समलिङ्गी जोडीलाई प्रहरीले प्रचण्डको निवास अगाडि ट्राफिक जाम गराउने भन्दै गिरफ्तार गरेको समलिङ्गी जोडीले बताएको प्रहरी प्रभाग दरवारमार्ग पुगेका तेश्रोलिङ्गी मानवअधिकारकर्मी भक्ती शाहले बताए ।

डेरामा सुतिरहेका वेला मंगलवार राती प्रहरीले छापा मारेर समलिङ्गी जोडीलाई पक्रेको शाहको भनाई छ । पक्राउ परेका समलिङ्गीले आफूहरुलाई कोठाबाटै पक्रेको बताएपनि प्रहरी प्रभाव दरवारमार्गका प्रहरी निरीक्षक कुमुद ढुङ्गानाले भने ठमेलको सडक पेटीमा बसिरहेका वेला पक्रेको बताए ।
समलिङ्गी खराव होइनन्, उनीहरुसाग च्यापिएर बस्ने केटा खराव हुन् ढुङ्गानाले भने– प्रचण्ड निवासमा ट्राफिक जाम भयो भनेर गिरफ्तार गरिएको होइन ।
सर्वोच्च अदालतले उमेर पुगेका व्यक्ती आफ्नो चाहना अनुसार सागै बस्न पाउने फैसला गरेपनि कार्यान्वयन नहुादा समलिङ्गी जोडी गिरफ्तारमा परिरहेको नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले बताएका छन् । जहाा भेट्यो त्यहीबाट गिरफ्तार गर्ने गरेको छ पन्तले भन्नुभयो स् हुादा हुादै प्रचण्डको निवासमा ट्राफिक जाम गरे भनेर पनि गिरफतार गर्न थालियो । यो गैरकानुनी गिरफ्तारी रोकिनु पर्छ ।
यता प्रहरी निरीक्षक ढुङ्गाना यो आरोप मात्रै भएको बताउँछन् । प्रहरी प्रभाग दरवारमार्गकै एक प्रहरी अधिकारीले भने समलिङ्गी जोडीलाई प्रचण्ड निवासमा ट्राफिक जाम भएकाले गिरफ्तार गरेको वताएका शाहले जानकारी दिए ।
केहि समयअघि संयुक्र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालयले नेपाल सरकार र मानवअधिकार आयोगलाई पत्र पठाउँदै समलिङ्गी तेश्रोलिङङगीलाई गैरकानुनी गिरफ्तार नगर्न आग्रह गरेको थियो । तर त्यसलाई सरकारले कार्यन्वयनमा नल्याएको नीलहिरा समाजकी मानव अधिकार विभाग प्रमुख भूमिका श्रेष्ठले बताइन् ।
समाजका कार्यकारी निर्देशक सुनिल वावु पन्तले समलिङ्गी जोडीको अधिकार कुण्ठित गर्ने काम नगर्न सरकारसँग आग्रह गर्दै गैरकानुनी गिरफ्तार बन्द गर्न माग गर्नुभएको छ । गैरकानुनी गिरफ्तारी रोकिएको छैन यसले नील हिरा समाजलाई चुनौती थपिएको छ पन्तले भन्नुभयो ः जताबाट समलिङ्गी तेश्रोलिङ्गीमाथि प्रहार भइरहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading