समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

  • शुक्रबार, जेष्ठ ३ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0015727832{main}( ).../index.php:0
20.0017730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.13177132104require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.13297197648include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

 भवानी घिमिरे/ पहिचान, काठमाडौ जेठ ३ -समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहेँदा एक व्यक्तीको अभाव खड्किन पुग्यो । जो समलिङ्गी तेश्रोलिङ्गी व्यक्तीले अधिकार पाउनु पर्छ भनेर अन्तराष्ट्रिय स्तरमा वकालत गर्दै आउनु भएको छ । जो दक्षिण एसियाकै अभियन्ता समेत हुनुहुन्छ । उहाँको सल्लाह सुझाव अनुसार नेपालमा समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइएको छ । उहाँ को हुनुहुन्छ र यति वेला कहाँ हुनुहुन्छ भन्ने कल्पना धेरैले गरेका होलान । तर धेरै मध्येका पनि केहीले उहाँको नाम दिए । जो यो विश्वमा पहिचान पाउनु पर्छ भनेर वकालत गर्ने नेपालका पहिलो व्यक्ती हुनुहुन्छ ।

भाषण प्रतियोगिता, नृत्य प्रतियोगिया र नाटक प्रतियोगिता तीन वटा विधामा प्रतिष्पर्धा भएको नेपालको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको एउटा अवसरलाई आ आफ्नो हिसावले उत्सवकै रुपमा मनाउदै आएका छन् । सहज हुँदा देशमा मनाउने र असहज हुँदा अरुको देशमा जाने मनाउन जाने परम्परा पक्कै नौलो होइन भनेर तपाई भन्नुहुन्छ भने त्यो सत्य नएर भ्रम मात्रै हुन सक्छ ।

किनकी नेपालका मात्रै नभएर दक्षिया एसियाकै पहिलो अभियन्ताका रुपमा परिचित समलिङ्गी तेश्रोलिङ्गी नेपालका पहिलो सभासद् सुनिलवावु पन्त यति वेला समलिङ्गी तेश्रोलिङ्गी माथि हुने गैर कानुनी हिंसा र मृत्युदण्ड अन्त्यका लागि दवाव दिन फ्रान्सको पेरिसमा हुनुहुन्छ । समलिङ्गी तेश्रोलिङ्गी समूदायका अभियन्ता सुनिलवावु पन्तको सल्लाह, सुझाव र मार्ग निर्देश अनुसार नेपालमा पनि भव्य समारोहकाबीच समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइएको छ ।

दिवसको अवसरमा राष्ट्रिय नाँचघर जमलमा भरिभराउ दर्शक मात्रै होइन उद्घोषक तेश्रोलिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले समेत सुनिलवावु पन्तलाई सम्झिइन । अझ बक्तृत्वकला प्रतियोगिताका प्रतिष्पर्धी मध्येका एक विष्ण अधिकारीले उनै अभियन्ताको अभाव खड्किएको झल्को दिए । यो बर्षको समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवसको वक्तृत्वकला, नृत्य र नाटक प्रतियोगितामा पहिलो हुने व्यक्तिको नाम यस अनुुसार रहेको छ ।

नाटक तर्फ मेघा कलेज पहिलो भएको छ भने रिलायन्स कलेज दोश्रो स्थान ओगटेको छ । तेश्रो स्थानमा  कादम्वरी कलेज रहेको छ । नाँच प्रतियोगितामा नाजिया श्रेष्ठ पहिलो, पुष्पा लामा दोश्रो र निरुता पाण्डे तेश्रो भएका छन् । यस्तै बक्तृत्वकलामा रडियो कार्यक्रम पहिचानका प्रस्तोता विष्णु अधिकारी पहिलो भएका छन् । दोश्रोमा सुशिला लामा र शिल्पा चौधरी तेश्रो हुनु भएको छ । पहिलो हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई दुई हजार नगद सहित सम्मान गरिएको छ । कार्यक्रममा समाजकी अध्यक्ष पिङकी गुरुङले पहिलो, दोश्रो र तेश्रो हुनेलाई दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । तेश्रोलिङ्गी मानवअधिकार कर्मी भूमिका श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइृ धन्यवाद दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading