समलिङ्गी तेश्रोलिङ्गीलाई सहयोग गर्न बेलायत तयार

समलिङ्गी तेश्रोलिङ्गीलाई सहयोग गर्न बेलायत तयार

  • शनिबार, जेष्ठ ४ २०७०

नरेश फुयांल । पहिचान जेठ ४- नेपालका लागि बेलायती कार्यबहाक राजदुत गाह्य ह्यारिसनले समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका लागि बेलायत सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । समलिङ्गी तेश्रोलिङ्गी घृणा बिरुद्धको अन्तराष्ट्रिय दिबसका अबसरमा शुक्रबार निलहिरा समाज र बेलायतको झण्डा संयुक्त रुपमा दुताबास परिसरमा झण्डोत्तलन गर्दै राजदुत ह्यारिसनले बेलायतले नेपालको अरु क्षेत्रमा सहयोग गरे जस्तै समलिङ्गी तेश्रो लिङ्गीको अधिकार र जिवन यापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अझैपनि समलिङ्गी तेश्रोलिङ्गी माथी दुरब्यबाहार हुने गरेको भन्दै उनले त्यसको अन्तयका लागि बेलायत सरकार आर्थीक तथा समाजीक सहयोग गर्न तयार रहेको बताए । राजदुत ह्यारिसनले अन्य देशको तुलनामा भने नेपालमा समलिङ्गी तेश्रो लिङ्गीले अधिकार र्चाडै लिन सफल भएको समेत बताए ।
नेपालको सर्बोच्च अदालतले समलिङ्गी तेश्रोलिङ्गीलाई अरुसरह नागरिकता दिन दिएको निर्देशनात्मक आदेशलाई कोषे ढुङ्गाको संज्ञा दिएका उनले त्यो अधिकार प्रात्किो पहिलो खुड्किलो भएको बताए ।
राजदुत ह्यारिसनले बेलायत सरकार समलिङ्गी तेश्रोलिङ्गीको अधिकारका लागि संधैसंगै रहेको समेत बताए । सोही अबसरमा निलहिरा समाजकी उपाध्यक्ष मनिषा ढकालले बेलायती राजदुत ह्यारिसनले जनाएको प्रतिबद्धताप्रति अभारप्रकट गर्दै अझैपनि समलिङ्गी तेश्रोलिङ्गीलाई समाजले सहजरुपमा लिन नसकेको गुनासो गरिन् । समलिङ्गी तेश्रोलिङ्गीपनि यही समाजका नागरिक रहेको भन्दै उनले नेपालमा उनीहरु घरदेखी “ब्यूरोक्रेशि” सम्मबाट ठगिन बाद्य भएको बताईन् । उपाध्यक्ष ढकालले राज्य प्रशासनले निलहिरा समाज नविकरण नगरिदिएर आफुहरुको अभियान रोकिदिएको बताईन् । उनले अभियान रोकिदा ७ सय ५० जनाको रोजगारी गुम्नुका साथै समाजमा आबद्ध करिब ५ लाख समलिङ्गी तेश्रोलिङ्गीलाई प्रत्यक्ष नकारात्कम असर परेको जानकारी दिदै समाजको नबिकरणका लागी सबैको सहयोगको आबश्यकता समेत औल्याईन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading