एचआइभी संक्रमण हुन नदिन सचेत हुनुपर्छ

एचआइभी संक्रमण हुन नदिन सचेत हुनुपर्छ

  • मंगलबार, जेष्ठ ७ २०७०

विपना पनेरु /पोखरा ,पहिचान जेठ ७ -उपचार गरेर पनि निको नहुने एचआइभीका कारण अहिले सम्म नेपालमा ३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । ७० हजारको हाराहारीमा एचआइभी संक्रमित रहेको अनुमान छ । यसमध्ये सबै भन्दा धेरै महिला छन् । तर महिलामा पनि एचआइभी संक्रमणमा परेका समलिङ्गी तेश्रोलिङ्गीको संख्या धेरै छ ।

जनचेतनाको कमीका कारण भन्नुपर्छ, अहिले पनि असुरक्षित यौन सम्पर्क गर्नाले एचआइभी संक्रमित हुने गरेको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङक अनुसार विश्वमा एचआइभी संक्रमण हुनेको संख्यामा कमी आएको छ । राष्ट्र संघको तथ्याङक अनुसार सन् १९९९ को तुलनामा वितेको १० बर्षको अवधीमा एचआइभी संक्रमण २० प्रतिशतले घटेको छ ।
घर परिवार, समाज र राज्यबाट हरेक विषयमा विभेदमा परेका समलिङ्गी तेश्रोलिङ्गीलाई एचआइभी संक्रमण हुन नदिन नील हिरा समाजले विभिन्न चेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ । चेतना जगाउने मात्रै नभएर एचआइभी संक्रमित समलिङ्गी तेश्रोलिङ्गीको हेरचाह, खानेबस्ने व्यवस्थामा नील हिरा समाजले सहयोग गरिरहेको छ । पोखरामा रहेको नील हिरा समाजको शाखा कार्यालय कम्युनिटी सपोर्ट गु्रपले गएको आइतवार एचआइभी संक्रमणबाट ज्यान गुमाएका व्यक्तीको सम्झना र एचआइभी संक्रमण हुन नदिने उद्धेश्यका साथ कुनै तामझाम नगरी ३० औ अन्तराष्ट्रिय मैनवत्ती प्रज्वलन गरेको छ
एचआईभी एड्सका कारण ज्यान गुमाएकाको सम्झनामा तथा एड्सका कारण कोही पनी मर्न नपरोस् भन्ने सन्देश दिदै पोखराको वि पी चोकमा मैनवत्ती प्रज्ज्वलन गरिएको हो । पश्चिम क्षेत्र एचआईभी एड्स सन्जाल र जिल्ला एड्स समन्वय समिति कास्कीले आयोजना गरेको कार्यक्रममा एचआईभीको क्षेत्रमा कार्यरत संद्यसस्थांका प्रतीनीधीको सहभागीता रहेको थियो ।
कार्यक्रममा कम्युनीटी सर्पोट गू्रप पोखराका कार्यकारी नीर्देशक दीलीप गुरुङ्गले एचआइभी संक्रमण हुन नदिन विभिन्न चेतना मुलक कार्यक्रम संचालन भइरहेको जानकारी दिए । महीला मन्जका गोपाल श्रेष्ठ र एचआईभी एड्सका कारण ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र पश्चिममान्चलका अनुगमन अधिकृत ववीन नेपाली एचआईभी सक्रमण दरलाई शुन्यमा झार्न सवै पक्ष एकजुट हुनुपर्ने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.