तेश्रोलिङ्गी अजितालाई पहिचान अनुसारको नागरिकता

तेश्रोलिङ्गी अजितालाई पहिचान अनुसारको नागरिकता

  • आइतबार, जेष्ठ १९ २०७०

इन्दिरा न्यौपाने (पहिचान) जेठ १९ तेश्रोलिङ्गी अजिता भुजेलले पहिचान अनुसारको नागरिकता लिनु भएको छ । भुजेलले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हेटौडा नगरपालिकाको सिफारिस र अन्य कागजपत्र पूरा गरी पहिचान अनुसारको नागरिकता लिनु भएको हो । गृहमन्त्रालयले २०६९ साल पुष १६ गते पहिचान अनुसारको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र जारी गरेपछि समलिङ्गी तेश्रोलिङ्गीहरुले पहिचान अनुसारको नागरिकताका लागि प्रशासन कार्यालयमा निवेदन दिइरहेका छन् । मकवानपुरका प्रमूख जिल्ला अधिकारी कमलकृष्ण रेग्मीले सबै प्रक्रिया पूरा गरेर आएकाले महिला पुरुषलाई जस्तै सामान्य रुपमै पहिचान अनुसारको नागरिकता दिन थालेको जानकारी दिनुभयो ।
Photo-1557 - Copyसमलिङ्गीतेश्रोलिङ्गीहरुको मातृ संस्था नील हिरा समाजले सर्वोच्च अदालतमा पहिचान अनुसारको नागरिकता पाउन दायर गरेको रिटमा सर्वोच्चले २०६४ पुष ६ गते पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । यो आदेश गृहमन्त्रालयले परिपत्र जारी नगर्दा कार्यान्वयनमा आउन सकेको थिएन ।
गृहले सर्वोच्चको आदेश भएको ५ बर्ष पछि परिपत्र जारी गरेकाले समलिङ्गी तेश्रोलिङ्गीले पहिचान अनुसारको नागरिकता लिन थालेका छन् । यसअघि विष्णु अधिकारी, दिलु वुर्दुजा र चन्दा मुसलमानले पहिचान अनुसारको नागरिकता लिइसक्नु भएको छ । Photo-1563 - Copy

पहिलेनै पहिचान लुकाएर नागरिकता लिएकाहरुलाई भने अहिले गृहको परिपत्रले पहिचान अनुसारको नागरिकता लिन समस्या परेको नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले बताउनु भएको छ । कार्यकारी निर्देशक पन्तले सहज रुपमा नागरिकता लिनका लागि नील हिरा समाजले परिपत्र जारी जारी गरिदिन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा निवेदन दिएपनि अहिले सम्म कुनै प्रक्रिया शुरु नहुनु दुखद भएको बताउनु भयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.