एचआइभी संक्रमितको विचल्ली

एचआइभी संक्रमितको विचल्ली

काठमाडैं(पहिचान) असार ५ आलटाल र झारा टार्ने काम खोज्न अन्त जानु नपर्ने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्र टेकू पुग्दा सरकारी कार्यालयले नागरिकलाई दिने सेवाको प्रष्ट तस्विर देखिन्छ । केन्द्रका निर्देशक बालकृष्ण सुवेदी कार्यालय समयमा कहिले भेटिदैनन् । उनका सहयोगीसँग जो पुगे पनि दिने रेडिमेड जवाफ छ उहाँ विहानै आउनु भएको अव छ बजेतिर आउनु हुन्छ । तपाई १० बजे पुगेपनि सहयोगीले दिने जवाफ यही हो । कता जानु भएको हो भनेर सोध्नु भयो भने त्यसको जवाफ सहयोगीसँग रेडिमेडनै छ ः मिटिङमा जानु भएको छ । के सुवेदी सरको नम्वर दिन मिल्छ होला ? सहयोगी भन्छन् ः खोइ हामीलाई पनि थाहा छैन ।

उपचार गरेर पनि निको नहुने एचआइभी संक्रमितको सेवाका लागि सरकारी निकाय राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले अहिले समलिङ्गी तेश्रोलिङ्गीलाई १० महिनादेखि काम लगाएर पाउनु पर्ने रकम दिन आनाकानी गरिरहेको छ । सम्झौता अनुसारको रकम भुक्तानी नदिएर केन्द्रले यो देशमा अधिकार मागिरहेका एचआइभी संक्रमितको विचल्ली बनाइरहेको छ । समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रसँग सम्झौता भएअनुसार ३ सय ५० जनालाई रोजगारी दिइरहेको छ । तर केन्द्रले समाजलाई सम्झौता अनुसारको रकम भुक्तानी नदिदाँ एचआइभी एड्स संक्रमितका लागि सेवा दिदै आएका यि समलिङ्गी तेश्रोलिङ्गी कर्मचारी भोकभोकै बस्नु पर्ने अबस्थामा पुगेका छन् । मर्नु न बाच्नुको अवस्थामा पुर्याउने केन्द्रको अन्याय विरुद्ध समलिङ्गी तेश्रोलिङ्गीले पटक पटक पाउनु रकम निकास गर्न दवाव दिए तर केन्द्रका अधिकारी कानमा तेल हालेर बसे, रकम निकासा गरेनन् ।
अहिले सम्म पनि सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले विरोध प्रदर्शन जारी राखेका छन् । एचाआइभी संक्रमितका लागि कार्यक्रम गर्न विश्व बैंकले रकम उपलब्ध गराए पनि केन्द्रले विगत १० महिनादेखि रकम निकासा नगरेकोले विरोध प्रदर्शन जारी राखेको नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिनुभयो ।

केन्द्रले एचआइभी संक्रमितका लागि आएको रकममा अनियमितता गर्न सक्ने भन्दै समाजले असार ६ गते एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको कार्यालय टेकुमा सिठि बजाएर प्रदर्शन गर्ने जनाएको छ । समाजमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले असार ५ गते स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका थिए । केन्द्रले लामो समयदेखि रकम निकासा नगर्दा ३ सय ५० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक कर्मचारी तलव विहिन भएका समाजले जनाएको छ । तर सरकारी अधिकारीका कुरा अहिले पनि बदलिएका छैनन् । उनीहरुसँग अहिले पनि रकम निकासा नभएको भन्ने पूरानै जवाफ मात्रै छ । त्यसैले त स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता कविराज खनालले अर्थमन्त्रालयबाट रकम निकास हुने वित्तिकै भुक्तानी हुने बताउनु भयो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.