जनचेतनामुलक कार्यक्रम लिएर समलिङ्गी तेश्रोलिङ्गी गाउँ गाउँ पुग्ने

जनचेतनामुलक कार्यक्रम लिएर समलिङ्गी तेश्रोलिङ्गी गाउँ गाउँ पुग्ने

  • सोमबार, असार १० २०७०

राज चौधरी/ धनगढी (पहिचान) असार १० – समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाज गाउँ गाउँमा पुग्ने भएको छ । देशका ५३ वटा शहरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको समाज अव गाउँ गाउँ पुग्न लागेको हो । गाउँ गाउँ पुग्ने कामको शुरुवाट विकासका हिसावले पछाडि परेको भनिएको सुदुरपश्चिममा रहेको नील हिरा समाजले गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम संचालन गर्न लागेको हो ।
सुदुरपश्चिम समाज, एकता नेपाल, टिकापुरको इन्द्रेनी सिर्जन सिल समाजको मिलेमतोमा सहरमा मात्र नभइ गाउँ –गाउँमा पुगि समलिङ्गी तेस्रोलिंगिको बारेमा जनचेतना मुलक कार्यक्रम गर्ने तयारी भएको छ ।

गाउँ– गाउँमा लुकेर बसेका समलिंगी तेस्रोलिंगिलाई आफ््नो पहिचानका लागि अगाडी आउन् भन्ने उद्धेश्यले गाउँ गाउँमा जाने तयारी भएको सुदुरपश्चिम संयोजक राजु लामाले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.