क्यालिफोर्नियामा समलिंगी विवाहका लागि कानुनी बाटो खुल्यो, नेपालमा पहल जारी

क्यालिफोर्नियामा समलिंगी विवाहका लागि कानुनी बाटो खुल्यो, नेपालमा पहल जारी

  • बिहिबार, असार १३ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.12657300368require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.12787329048include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

पहिचान /असार १३ -अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा समलिंगी विवाहलाई कानुनी बाटो खोलिदिएकोमा यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय आयोगले खुसी व्यक्त गरेको छ । आयोगका कार्यकारी निर्देशक जेसिका स्टर्नले ऐतिहासिक दिन भन्दै अमेरिकी सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । साथै उनीहरुलाई आफ्नो पारिवारिक र निजी जीवनका बारेमा आफै निर्णय लिनसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिनुभयो । आयोगको एशिया, अफ्रिका, अमेरिका तथा मध्य पूर्वी राष्ट्रका क्षेत्रीय कार्यालयका संयोजकले पनि अमेरिकी कदमको स्वागत गरेका छन् । यसैबीच गुगलले यस महिनालाई गौरवको महिनाको रुपमा मनाउने भएको छ । यो महिना गुगलमा यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा कुनै पनि सुचना खोजी गर्दा सर्च बक्स रंगीन हुनेछ । गुगलले समलिंगीको विवाह तथा उनीहरुको अधिकारलाई समर्थन गर्दै आएको छ ।

गत महिना एक समलिंगि जोडीले गुगल च्याट सेवाको प्रयोग गर्दै विवाह गरेका थिए । यस्तै नेपालका यौनिक तथा लैंगिंक अल्पसंख्यकको अधिकार प्राप्तीका अभियन्ता एवं नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा समलिंगी विवाहलाई कानुनी बाटो खोलिदिएकोमा खुशी व्यक्त गर्नु भएको छ । नील हिरा समाजले नेपालमा पनि समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउन पहल गरिरहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading