गैर समलिंगी सहभागी गराएकोमा समाजको आपत्ती (विज्ञप्ती सहित)

गैर समलिंगी सहभागी गराएकोमा समाजको आपत्ती (विज्ञप्ती सहित)

  • बुधबार, भाद्र ५ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0001463656{main}( ).../index.php:0
20.0001569176require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09136978576require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09257003160include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं, (पहिचान) भदौ ५ समलिंगी तेश्रोलिंगी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट गैर समलिंगीले भाग लिएका छन् । थाइल्याण्डको राजधानी बैंककमा बुधबारदेखि सुरु भएको सम्मेलनमा  हिरण्य जोशी, शम्भु काफलेसहितका तीनजना गैर समलिंगी तेश्रोलिंगी सहभागी भएको भन्दै नील हिरा समाजले आपत्ति जनाएको छ ।  
समलिंगी तेश्रोलिंगीको क्षेत्रमा काम गर्दै आएको समाजले बुधबार विज्ञप्ति निकालेर आफूहरुलाई थाहै नदिई स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले समलिंगी समुदायभन्दा बाहिरकालाई सम्मेलनमा पठाएको दावी गरेको छ ।
जोशी संगठनको नेपाल संयोजक हुनुहुन्छ भने काफ्ले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा टेकुमा कार्यरत हुनुहुन्छ । उहाँहरुसँगै जाने अर्का एक जनाको परिचय भने खुलेको छैन । तर तीनै जना समलिंगी तेश्रोलिंगी नभएको दावी समाजले गरेको छ ।
समलिंगी तेस्रोलिंगी समुदायको नाममा अरुले फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै समाजले यस्तो गतिविधि दोहोरिन नदिन सरकार र विश्व स्वास्थ्य संगठनले उचित कदम चाल्नुपर्ने तथा अनुगमन गर्नुपर्ने माग समेत गरेको छ ।
विश्वमा समलिंगी तेश्रोलिंगी एचआइभी संक्रमणको उच्च जोखिममा हुने भन्दै समाजकी अध्यक्ष पिंकी गुरुङ्गले समलिंगी तेश्रोलिंगी समूदायको नाममा गैर समलिंगी तेश्रोलिंगी सहभागी गराउनु दुखद भएको बताउनुभयो । स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले यसबारेमा आफूले बुझ्ने बताउनुभयो । press 1press 2

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading