एचआइभी संक्रमितको सेवामा काम गर्ने समलिंगी तेश्रोलिंगी तलव विहिन

एचआइभी संक्रमितको सेवामा काम गर्ने समलिंगी तेश्रोलिंगी तलव विहिन

  • शनिबार, असोज ५ २०७०

काठमाडौं (पहिचान) असोज ५ -राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले सम्झौता अनुसारको रकम निकास नगर्दा एचआइभी संक्रमितको सेवामा काम गर्दै आएका समलिंगी तेश्रोलिंगी तलव विहिन भएका छन् । केन्द्रले ६ महिनादेखि रकम निकास नगर्दा १४ जिल्लामा काम गर्दै आएको ३ सय ५० भन्दा धेरै समलिंगी तेश्रोलिंगी कर्मचारी तलव विहिन भएका हुन् । 
संस्था नविकरणको वहाना बनाएर केन्द्रले यसअघि १० महिनासम्म सम्झौता अनुसारको रकम निकासा गरेको थिएन । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त आफै धर्नामा बसेपछि केन्द्रले झण्डै ८० प्रतिशत मात्र रकम निकासा गरको थियो । अहिले फेरी केन्द्रले काम लगाएको रकम नदिदाँ एचआइभी संक्रमितको सेवामा काम गर्दै आएका समलिंगी तेश्रोलिंगी कर्मचारी भोक भोकै बस्नु पर्ने अवस्था आउन थालेको छ ।
नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् पन्तले काम लगाएर पैसा नदिने केन्द्रको व्यवहारको जतिनै आलोचना गरेपनि कम हुने वताए । केन्द्रले नील हिरा समाजसँग गरेको सम्झौता अनुसार समाजका देशका १४ जिल्लामा रहेका शाखा कार्यालयका समलिंगी तेश्रोलिंगी कर्मचारी एचआइभी संक्रमितको सेवामा क्रियाशिल छन् ।
परिचय समाजका मनोरञ्जन कुमार बैद्यले केन्द्रको हेपाह प्रवृत्तिका कारण आफूहरु ६ महिनादेखि तलव विहिन भएको वताए । भोक भोकै बस्नु पर्ने अवस्था आएको छ बैद्यले भने ः हामीलाई किन सरकारी निकायले हेपिरहन्छ ? गएको बर्ष पनि हामीलाई केन्द्रले आन्दोलन गर्न बाध्य पार्र्यो बैद्यले भने ः काम गरेको पैसा लिन आन्दोलननै गर्नु पर्ने हो र ?
परिचय समाजका अध्यक्ष उमेश पाण्डेले सम्झौता अनुसारको रकम तत्काल निकासा गरिदिन केन्द्रलाई आग्रह गरे । श्रोतका अनुसार नील हिरा समाजलाई सम्झौता अनुसारको रकम निकास गर्दा राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले कमिसन पाउँदैन । कमिसन लिनका लागि केन्द्रले समयमै रकम निकासा नगरेको श्रोतको दावी छ । केन्द्रले रकम निकासा नगर्दा एचआइभी संक्रमितको सेवामा काम गर्दै आएका समलिंगी तेश्रोलिंगी कर्मचारी आउनै लागेको दशै कसरी मनाउने भनेर चिन्तामा छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading