जर्मनीमा महिला र पुरुष दुवैको विशेषता सहित जन्मिएको बच्चालाई दर्ता गर्न अनुमति

जर्मनीमा महिला र पुरुष दुवैको विशेषता सहित जन्मिएको बच्चालाई दर्ता गर्न अनुमति

  • शुक्रबार, कार्तिक १५ २०७०

जर्मन (पहिचान) कार्तिक १५ -जर्मनीले महिला र पुरुष दुवैको विशेषता सहित जन्मिएको बच्चालाई द्विलिङ्गीका रुपमा दर्ता गर्न अनुमति दिएको छ । यस्तो अनुमति दिने जर्मनी पहिलो युरोपेली देश हो । जन्म प्रमाणपत्रमा अनिश्चित लिङ्ग भनि नयाँ व्यवस्था लागू गर्ने प्रयास स्वरुप सरकारले यस्तो निर्णय गरेको अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

यसले नवजात शिशुहरुको लिङ्ग निर्धारण गर्न अभिभावकलाई पर्ने कम दबाब गर्ने अपेक्षा गरिएको छ । जन्म दर्ता गर्नका लागि कि त केटा कि केटी हुनुपर्ने व्यवस्थाका कारण अभिभावकहरुले द्विलिङ्गी रुपमा जन्मिएका केटाकेटीहरुको तत्कालै लिङ्ग निर्धारण शल्यक्रिया गराउने गरेका छन् । जर्मनीमा २ हजार मानिस द्विलिङ्गी छन् ।
जर्मनीको गृहमन्त्रालयका अनुसार पासपोर्टमा पुरुषका लागि एम, महिलाका लागि एफ भएजस्तै द्विलिङ्गीका लागि एक्स अक्षर राख्ने तयारी पनि भईरहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.