अधिकारी मिष्टर हेण्डसम, ऐतिहासिक क्षण भएको पन्तको भनाई

अधिकारी मिष्टर हेण्डसम, ऐतिहासिक क्षण भएको पन्तको भनाई

  • शनिबार, कार्तिक १६ २०७०

काठमाडौं ( पहिचान) कार्तिक १६ -दक्षिण एसियामा पहिलो पटक नेपालमा भएको मिष्टर हेण्डसम २०१३ अर्थात समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको उपाधी विश्वराज अधिकारीले जितेका छन् । मकवानपुर चुरियामाई गाविसका २४ बर्षका अधिकारीले १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको उपाधी जितेका हुन् । अधिकारीले ट्रफीसँगै १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए ।
समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको फष्ट रनरअपको उपाधी अनुप श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधी राहुल श्रेष्ठले पाए । अनुपले १२ हजार र राहुले १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाए । यस्तै प्रतियोगितामा पार्सानालिटी तर्फ दीपु केसी, फ्रेण्डली तर्फ प्रिन्स राना र रेड रिवनको उपाधी युवराज चौधरीले पाए  । काठमाडौंमा भएको पुरुष सौन्दर्य प्रतियोगितामा पहिलो पटक समलिंगी पुरुषको पहिचान सहित १८ जनाले सहभागिता जनाएका हुन् । 2
मेरो पहिचान मेरो गौरव भन्ने नाराका साथ भएको प्रतियोगितामा नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले सौन्दर्य प्रतियोगिता हुनु ऐतिहासिक क्षण भएको बताए । पन्तले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र विपरितलिंगी सरह समान व्यवहार गर्न प्रतियोगिता सहयोगी हुने बताए । पन्तले १८ जना प्रतिष्पर्धी सद्भावना दूत भएको बताउँदै लुकेर बस्नु पर्ने अवस्था छिट्टै अन्त्य हुनुपर्ने वताए । नील हिरा समाजले आयोजना गरेको प्रतियोगितालाई निरन्तरता दिइने संस्थापक पन्तले बताए ।
Firstनील हिरा समाजका कार्यकारी निर्देशक सुदिप वहादुर सिंहले समलिंगी तेश्रोलिंगीलाई समाजले हेर्ने सोच बदल्न समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिताले सहयोग गर्ने बताए । प्रतियोगितामा सहभागी समलिंगी पुरुषले यौन रोग र एचआइभी संक्रमणबारे जन चेतना जगाउने काममा आफूहरु लाग्ने बताए । मिण्टर हेण्ड सम प्रतियोगिताको उपाधी जितेका विश्वराज अधिकारीले अव लुकेर बस्नु पर्ने अवस्था अन्त्य गर्न लागिपर्ने बताउनु भयो । अधिकारीले लुकेर बसेका समलिंगी पुरुषलाई खुलेर अगाडि आउन अनुरोध समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading