समलिंगी पुरुष पुरुषबीचको यौन सम्पर्कले एचआइभी सक्रमण हुन्छ र ?

समलिंगी पुरुष पुरुषबीचको यौन सम्पर्कले एचआइभी सक्रमण हुन्छ र ?

  • आइतबार, पौस २१ २०७०

गौरी नेपाली /काठमाडौँ (पहिचान)पुष २१ – पिङ्क ट्रयाङ्गल नेपाल पिटिएन ले शनिबार नयाँ सम्पर्कमा आएका समलिङ्गि पुरुषका लागि एक दिने आधारभूत अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । पिटिएन को कार्यालय चण्डोलमा गरिएको कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघका युनिसेफ कार्यक्रम संयोजक तथा पिटिएन पूर्व परियोजना अधिकृत बाशु गुराँगाई, वर्तमान परियोजना अधिकृत विश्वराज अधिकारी र क्षेत्रीय सुपरिवेक्षक विकास घिमिरेले २१ जना नयाँ सम्कपर्कमा आएका पुरुष समलिङ्गिलाई अभिमुखीकरण तालिम दिएका थिए ।
तालिम कार्यक्रममा एच.आई भी. र एड्स, यौनसम्पर्कबाट हुने संक्रमण, समलिङ्गि पुरुष र पुरुष यौनकर्मी तथा एलजिविटआइ समुदायका जोखिमपूर्ण यौन व्यवहार विषयमा छुट्टा छुट्टै सेसन चलाइएको थियो भने कसरी समलिङ्गि पुरुषले परिवार तथा समाजबाट लाल्छना तथा विभेद भोग्नुपरेको छ ? समलिङ्गि पुरुषबीच हुने यौन सम्पर्कबाट कसरी एच.आई.भी.को जोखिम बढी हुन्छ ? भन्ने विषयमा छलफल भएको थियो । कण्डम र लुब्रिकेन्टको सुरक्षित प्रयोग विषयमा सुपरिवेक्षक विकास घिमिरेले प्रर्दशन पनि गरेका थिए ।
कार्यक्रम अधिकृत अधिकारीले पुरुष पुरुषवीचको यौनसम्पर्कबाट एच.आई.भी र एड्सको जोखिम १७ गुणा बढी रहने बताउदै यस्तो जोखिमबाट बच्न सबैलाई यौनसम्पर्क गर्दा कण्डम र लुव्रिकेन्टको प्रयोग अनिवार्य गरी ढुक्क रहन आग्रह गरे । त्यस्तै सुपरिवेक्षक घिमिरेले समलिङ्गि पुरुषले कसरी परिवार र समाजबाट लाञ्छना तथा भेदभाब भोगीरहेका छन् भन्ने बारेमा बताए । “समलिङ्गि पुरुषको स्वभाव आम पुरुष झैँ हुने हुदाँ एउटा तेस्रोलिङ्गि वा अन्तर्लिङ्गिले भोग्नेजस्तो समस्या समलिङ्गि पुरुषले भोग्नु नपर्ने तर केटा भएर केटासगँ नै आकर्षणमा रही यौन व्यवहार गर्नुलाई समाजले स्वभाविक नमान्ने कारणले पहिचान सहितको अस्तित्व समाजमा हुन नसकेको समस्या नै पुरुष समलिङ्गिका लागि मुख्य समस्या हो ।”– घिमिरेले बताए ।
यसै विषयमा बासु गुराँगाईले समलिङ्गिपन भनेको जन्मदेखि मृत्युसम्म हुने स्वभाव भएकाले जतिसक्दो छिटो आफ्नो पहिचान खुलाए मानसिक तनावबाट बचिने दावी गरे । “परिवार र समाजले आफ्नो पहिचान थाहा पाए भने भेदभाव हुन्छ भन्ने डरले जति हामी लुकेर बस्छौ, उती नै बढी हामीमा मानसिक तनाव उत्पन्न हुन्छ र हामी यसै कारण प्रगति विमुख हुन पुग्छौ । खुलेर आए ढिलो चाडो परिवार र समाजको साथ पाउन सकिन्छ ।”– गुराँगाइले भने ।
यस किसिमको तालिम कार्यक्रम संस्था स्थापनादेखि अहिलेसम्मको दुई बर्षको अवधिमा २ हजार ५ सय जना व्यक्तिलाई प्रदान गरिसकिएको परियोजना अधिकृत अधिकारीले बताए । साथै संस्थाले हरेक २ महिनामा एक पटक नियमित रुपमा यस्तो अभिमुखीकरण तालिम गर्ने गरिएको जानकारी पनि उनले गराए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.