समलिंगी सम्वन्धलाई गैरकानुनी ठहर गरे युगाण्डालाई अप्ठ्यारो पर्ने अमेरिकाको चेतावनी

समलिंगी सम्वन्धलाई गैरकानुनी ठहर गरे युगाण्डालाई अप्ठ्यारो पर्ने अमेरिकाको चेतावनी

  • सोमबार, फाल्गुन ५ २०७०

पहिचान/फागुन ५ -अमेरिकी राष्ट्रपती बाराक ओबामाले समलिंगी सम्वन्धलाई गैरकानुनी ठहर गरे यूगाण्डासँगको सम्बन्ध अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन् । हरेक व्यक्तिलाई समान र ससम्मान व्यवहार गर्नुपर्नेमा जोड दिदैं राष्ट्रपती ओबामाले यूगाण्डाले समलिङ्गी सम्बन्धलाई गैरकानूनी ठहर गरे दुई देशबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति ओवामाले समलिंगी सम्वन्धलाई गैर कानुनी ठहर गरे अमेरिका र युगाण्डाबीचको सम्वन्धमा असर पर्ने जानकारी यूगाण्डाका राष्ट्रपती मुसेभेनीलाई गराइसकेका छन् । यूगाण्डाले छिट्टै ल्याउने तयारी गरेको समलिङ्गी सम्बन्धी विधेयकमा समलिङ्गी सम्बन्धलाई गैरकानूनी ठहर गरिएको छ ।

पूर्वी अफ्रिकी राष्ट्रले समलिंगी विरुद्ध विधेयक ल्याउने तयारी गरेकोमा दुख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति ओबामाले यो कानूनले यूगाण्डाका समलिङ्गी समुदाय खतरामा पर्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.