तेश्रोलिंगी गीता कुखुरा पालन व्यवसायमा

तेश्रोलिंगी गीता कुखुरा पालन व्यवसायमा

  • शुक्रबार, फाल्गुन ९ २०७०

राज चौधरी /धनगढी (पहिचान) फाल्गुन ९ -आफनो यौनिक तथा लैगिंक पहिचानको संघर्षमा रहेको समलिंगी तेश्रोलिंगीले स्वरोजगार बन्ने प्रयास थालेका छन् । कञ्चनपुर नौरङगा गाउँमा तेस्रोलिंगि गीता रानाले कुखुरा पालन व्यवसाय संचालन गरेकी छन् । रानाको जैविक लिंग केटीको छ । उनी आफुलाई केटाको रुपमा प्रस्तुत गर्छिन ।
एउटा सानो किराना पसलबाट शुरु गरेको रानाको व्यवसाय कुखुरा पालनसम्म पुगेको छ । उनले आफ्नै मासु पसल समेत संचालनमा ल्याएकी छन् । रानाले आफ्नो व्यवासयबाट परिवारको गुजारा चलाउन कुनै समस्या नभएको बताइन । घरपरिवार, समाजले समलिंगी तेश्रोलिंगी व्यक्तिलाई अहिलेसम्म विभेद, घृणाको पात्रको रुपमा हेर्ने गरेकोमा गीतालाई दुख लागेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.