यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने संस्थाको दिगोपनाबारे छलफल

यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने संस्थाको दिगोपनाबारे छलफल

  • बुधबार, चैत्र ५ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0010727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.14277302712require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.14427331392include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

गौरी नेपाली /काठमाडौं (पहिचान) चैत ५ -फेमिली हेल्थ इन्टरनेशनल एफएचआई ३६० अन्तर्गतको साथसाथ परियोजनाले संस्थागत दिगोपना योजना कार्यशाला शुरु गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने संस्थाहरुको संस्थागत दिगोपन विकास योजना गर्न सक्ने क्षमता विकासका लागि तीन दिने कार्यशाला शुरु भएको हो । कार्यशालामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालका केन्द्रिय कार्य समितिका सदस्यहरु र व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको छ ।
कार्यशालामा यौनिक तथा लैंंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी अध्यक्ष एवं नील हिरा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले संस्था सञ्चालनका लागि स्रोत पहिचान, व्वस्थापन र परिचालन गर्नु आवश्यक हुने बताइन । संस्थागत दिगोपनका लगि आजै सोच्नुपर्ने र बनेका योजनाहरु योजनामा मात्र सिमित नराखी कार्यान्वयनमा ध्यान दिनुुपर्नेमा ढकालले जोड दिइन ।
कार्यशालाको पहिलो दिन आज संस्थागत दिगोपना भनेको के हो ? कसरी संस्थागत दिगोपना कायम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । कार्यशालामा सहभागीले पाँच वर्षे संस्थागत दीर्घकालीन योजना र आगामी एक बर्षीय कार्ययोजना निर्माण गर्नेछन् । एफएचआईले आफ्नो कार्ययोजना अनुसार यस्तो कार्यशाला पहिलो पटक एचआइभी संक्रमित महिलाको महासंघंसँग, दोस्रो पटक जागृति महिला महासंघसँग र तेस्रो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालसँग गरेको हो ।
बाँकी ३ वटा साथसाथ परियोजनाका सञ्जालसँग कार्यशाला गर्ने तयारी भइरहेको जानकारी एफएचआई ३६० को साथसाथ परियोजनाका क्षमता निर्माण विशेषज्ञ भवानी प्रसाद दाहालले जानकारी दिनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading