‘आइ ल गे पिपुल’: माल्भिका

‘आइ ल गे पिपुल’: माल्भिका

  • मंगलबार, चैत्र २५ २०७०

काठमाडौं, (पहिचान) चैत २५ – पूर्वमिस नेपाल माल्भिका सुब्बाले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगी समुदायलाई विभेद गर्नु अशिक्षा र रुढीवादी संस्कारको उपज भएको बताएकी छन् ।  नील हिरा समाजको उत्पादनमा देशभरका १३ वटा रेडियोबाट प्रसारण हुने कार्यक्रम पहिचानका लागि नील हिरा समाजकी मानवअधिकार विभाग प्रमुख भूमिका श्रेष्ठसँगको अन्तर्वार्तामा तपाईंलाई समलिंगी तेस्रोलिगी कस्तो लाग्छ भन्ने श्रेष्ठको  प्रश्नमा ‘आइ लभ गे पिपुल’ भन्दै सुब्बाले आफू संधै सबै पक्षको अधिकारको अभियानमासँगै रहने बताइन् ।
सुब्बाले भनिन्, ‘समाजले के भन्छ भनेर म कहिल्यै यो समाजबाट अलग्गिने प्रयास गरिन । म के हुँ र को हुँ ? यो ब्यक्ति स्वयंलाई मात्र थाहा हुन्छ । कसले के भन्छ भनेर समलिंगी तेस्रोलिंगीसंग बोल्दै नबोल्ने, सँगै नहिड्ने, सँगै काम नगर्ने भन्ने हुंदैन ।’
‘हाम्रो फिल्डमा यस्ता ब्यक्तिहरु धेरै हुनुहुन्छ । तर, उहाँहरु खुल्न सक्नु हुन्न ।‘ सुब्बाले भनिन्, ‘अब त धेरै भइसक्यो । हेर्दै चिन्छु । तर, तपाईं समलिंगी तेस्रोलिंगी हो । खुल्नुस भन्ने कुरा पनि त भएननी । किनकी आफ्नो पहिचान लुकाउने पनि त उहाहरुलाई अधिकार छ नी त ।’
चलचित्र निर्माता निलु शेर्पाले प्रतिष्ठित वर्गको परिवारका यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई खुल्न अझै समस्या भएको बताए । बाहिर विभेद गर्दैनौं भन्ने शिक्षित परिवारमा आफ्नै सन्तान समलिंगी तेस्रोलिगी भएको खण्डमा भने स्वयं त्यस्तो परिवारबाटै सबैभन्दा धेरै विभेद हुने गरेको उनले गुनासो गरे ।
‘समान्य वर्गको ब्यक्ति भन्दा पनि हाइलेवलको परिवारका यस्ता ब्यक्तिलाई आफ्नो पहिचान खुलाउन कठिन छ । परिवारको इज्जत जाने डरले परिवारले खुल्न दिदैन ।’ उनले भने ।
उनले राज्यबाट यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद भइरहेको भन्दै उनीहरुको बृत्ति विकास तथा जीवनस्तर उकास्न सरकारले विशेष ब्यवस्था तथा अग्राधिकार दिनु पर्नेमा जोड दिए । ‘समाजले हेर्ने नजरमा अझै परिवर्तन आउन जरुरी छ,’ उनले भने, ‘मलाई धेरैदिनसम्मसँगै कोही राम्री केटीसँग हिँड्यो भने ऊ उसले फलानोले फलानोलाई घुमाइ रहेको छ भन्छन् । तर त्यो दिदी, बहिनी वा अरु कोही आफन्त पनि हुन सक्छ भन्ने हाम्रो समाजले सोच्दैन । नेपाली समाज अझै कन्जरभेटिभ छ । यो अवस्थाबाट माथी नयठेसम्म सबै समलिंगी तेस्रोलिंगी खुल्न सक्दैैनन् ।’
यस्तै तेस्रोलिंगी मानवअधिकारकर्मी तथा मोडल भूमिका श्रेष्ठले तेस्रोलिंगी समलिंगीलाई अझै पनि मानिसहरुले बुझ्न नसकेको बताइन् । उनले कतिपयले भने बुझेर पनि आफुहरुको भावनामा खेलवाड गर्ने गरेको भन्दै दुःखेको गरिन् । ‘समलिंगी तेस्रोलिंगीप्रति यो समाज कतिसम्म अनविज्ञ छ । म तपाईंलाई भन्छु,’ उनले भनिन्, ‘कतिले त तेस्रोलिंगी भनेको तीन ओटा लिंग भएको मान्छे भनेर बुभ्mने गर्छन ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.