भारतमा तेश्रोलिङ्गीलाई मान्यता

भारतमा तेश्रोलिङ्गीलाई मान्यता

  • मंगलबार, बैशाख २ २०७१

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0015727832{main}( ).../index.php:0
20.0017730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10517250400require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10647315944include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) बैशाख २ भारतको सर्वोच्च अदालतले पहिलो पटक तेस्रोलिङ्गीलाई मान्यता दिएको छ । भारतको सर्वोच्च अदालतले आज तेस्रोलिङ्गीका पक्षमा ऐतिहासिक फैसला गरेको भारतीय संचार माध्यमले जनाएका छन् । तेस्रो लिङ्गी महिला र पुरुषलाई पहिचान सहित शिक्षण संस्थामा भर्ना गर्न पनि अदालतले आदेश दिएको छ ।

भारतको सर्वोच्च अदालतले तेस्रोलिङ्गीहरुलाई सामाजिक पहिचान दिने कानूनको अभावमा उनीहरुमाथिको ज्यादती कायमै रहन दिन नसकिने फैसला गरेको छ । अदालतले तेस्रोलिङ्गीहरु सामाजिक र आर्थिक रुपमा पिछडिएको वर्ग मानेको छ । अदालतले तेस्रोलिङ्गीका लागि छुट्टै सार्वजनिक शौचालय र स्वास्थ्य केन्द्र बनाउन आदेश दिएको छ ।

भारतमा २० लाख तेस्रो लिङ्गी समलिङ्गी रहेको अनुमान छ । भारतको निर्वाचन आयोगले कुल ८१ करोड मतदाता मध्ये २८ हजार २ सय ४१ जना समलिंगी तेश्रोलिंगी मतदाता रहेको जानकारी दिएको छ । नेपालको सर्वोच्च अदालतले २०६४ साल पुष ६ गते तेस्रोलिङ्गी समलिङ्गी प्राकृतिक हुन भन्दै पहिचानका आधारमा नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading