सिरहामा १२ जना समलिंगी र तेस्रोलिंगी एचआइभी संक्रमित

सिरहामा १२ जना समलिंगी र तेस्रोलिंगी एचआइभी संक्रमित

  • बिहिबार, जेष्ठ १ २०७१

सिरहा (पहिचान) जेठ १  -सिरहामा १२ जना समलिंगी तेस्रोलिंगीमा एचआइभी एड्स पोजेटिभ फेला परेको छ । नील हिरा समाज लहान शाखाले गरेको अध्ययनबाट १२ जना समलिंगी र तेस्रोलिंगी एड्सबाट प्रभावित बनेको फेला परेको हो ।

समाजका लहानका कार्यक्रम संयोजक लक्ष्मेश्वर यादवका अनुसार जिल्लामा हालसम्म तीन हजार ६ सय समलिंगी र तेस्रोलिंगी सम्पर्कमा आएकोमा १२ जना एचआइभी एड्स सङ्क्रमित छन् ।

एड्स संक्रमित समलिंगी र तेस्रोलिंगी समाजको डरले खुल्न नसकेकाले उनीहरूको उपचारमा समस्या भएको संयोजक यादवले बताए । कण्डमको प्रयोग गरेर यौन सम्बन्ध नराखेकै कारण समलिंगी तेस्रोलिंगी एड्स संक्रमित भएका यादवको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.