युगाण्डामा समलिंगी तेस्रोलिंगी सम्वन्ध विरुद्धको नयाँ कानुन रद्ध

युगाण्डामा समलिंगी तेस्रोलिंगी सम्वन्ध विरुद्धको नयाँ कानुन रद्ध

  • शुक्रबार, साउन १६ २०७१

काठमाडौं (पहिचान) साउन १६ युगाण्डाको संवैधानिक अदालतले समलिंगी तेस्रोलिंगी सम्बन्ध विरुद्धको नयाँ कानुन रद्द गरेको छ । फेब्रुअरीमा समलिंगी तेस्रोलिंगी व्यवहार अवैध भन्दै सजायको व्यवस्था सहितको विधेयक संसदले पारित गरेपछि नयाँ कानुन कार्यान्वयनमा आएको थियो । संसदमा यो विधेयक पारित हुँदा आवश्यक कोरम नपुगेको भन्दै संवैधानिक अदालतले यो कानुन रद्द गरेको बीबीसीले जनाएको छ ।

समलिंगी सम्बन्धी बनेको नयाँ कानुनमा यस्ता व्यवहार प्रस्तुत गर्नेलाई आजीवन काराबासको सजायको प्रावधान समेटिएको छ । यो कानुन कार्यान्वयनमा आएपछि धेरै दातृ निकायले युगाण्डालाई सहयोग कटौती गरेको छ ।
श्रोत ः http://www.bbc.com/news/world-africa-28605400

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading