युवा दिवसका अवसरमा हुने म्याराथनमा २ सय समलिंगी तेस्रोलिंगीले सहभागिता जनाउने

युवा दिवसका अवसरमा हुने म्याराथनमा २ सय समलिंगी तेस्रोलिंगीले सहभागिता जनाउने

  • बुधबार, साउन २१ २०७१

yubaकाठमाडौं (पहिचान) साउन २१ -युवा तथा खेलकुद मन्त्रालयले युवा दिवसका अवसरमा आयोजना गर्न लागेको मैत्रीपूर्ण म्याराथन प्रतियोगिताका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्च सह आयोजक बनेको छ । युवा महासंघ, युवा संजाल सहित १० दलका युवा संगठनलाई सह आयोजक बनाइएको प्रतियोगिताका लागि मञ्च पनि सह आयोजक बनेको हो । अन्तराष्ट्रिय युवा दिवस अगष्ट १२ तारिखमा मनाइने भए पनि मन्त्रालयले एक दिन अगावै म्याराथनको आयोजना गर्न लागेको छ । 

म्याराथनमा दुई सय समलिंगी तेस्रोलिंगी युवाले सहभागिता जनाउन लागेका छन् । म्याराथनमा भाग लिन काठमाण्डौं उपत्यका बाहिरका समलिंगी तेस्रोलिंगी युवा काठमाण्डौं आउदै छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ति शाहले अन्य युवा संगठन सरह यौंनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी मञ्चलाई पनि समेटेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘विगतमा युवा दिवस आउदा बाहिर देखिन समेत आँट आउदैनथ्यो, अहिले युवा मन्त्रालयले सहआयोजक बनाएर सहभागि गराएको छ, यो हाम्रा लागि एकदमै खुसीको कुरा हो ।’
‘युवा मन्त्रालयले अन्य युवा संगठन सरह मान्यता दिएर आयोजकमा समेट्नु एकदमै खुसीको कुरा हो’, शाहले भने, ‘यसले म मात्र नभएर समग्र समलिंगी, तेस्रोलिंगीलाई हौस्याएको छ ।’ आयोजकमा राखेकै खुसीमा उपत्यका बाहिरका समलिंगी, तेस्रोलिंगी युवाहरु काठमाण्डौं आउन लागेको उनले बताए ।
म्याराथनलाई समावेसी बनाउन, दृष्टिविहिन, अपांगता भएक लगायतलाई पनि सहभागि गराउन लागिएको छ । प्रतियोगितामा ८० वटा संघसंस्थाले सहभागिता जनाउने छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.